काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका शाहले आफू बारे आएका समाचारमा कुनै पनि सत्यता नरहेको बताएकी छन्।

विभिन्न सञ्चारमाध्यममा पूर्णिका प्रेमी रोजिसकेको भनेर समाचार आएको थियो। पूर्णिकाले प्रेमी रोजेको उक्त समाचार सामाजिक संजालमा भाइरल नै भएको थियो,
यस समाचारको पूर्णिकाले टिकटकमार्फत क्घंदन गरेकी छन्। “मेरो बारेमा छापिएको कुरामा केही सत्यता छैन। सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु।”,भिडियो मार्फत उनले भनेकी छन्।

पूर्णिका शाह थाइल्यान्डमा बसेर इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययन गरिरहेकी छन् । पछिल्लो समय पूर्णिका टिकटकमा सक्रिय छन्। उनले सार्वजनिक गरेका आफ्नी आमा हिमानीसंगका टिकटिकहरु चर्चा थिए।
@purnikarldsDon’t believe everything you read..
के थियो सार्वजनिक समाचारमा ?
जनआस्था साप्ताहिकले अघिल्लो अंकमा पूर्वराजकुमारीले रोजिन् प्रेमी शीर्षकमा समाचार प्रकाशित गरेको थियो। जनआस्थाले आमा एवं पूर्वयुवराज्ञी हिमानी शाहकै समर्थनमा पूर्णिमा आफूभन्दा १० वर्ष जेठो उमेरका धर्म थापा नामका युवकसँग प्रेममा रहेको दावी गरेको थियो।

समाचारमा उनीहरुबीच थाइल्याण्डमै भेट भएको र उनी धर्म पूर्वएआईजी सुशीलबरसिंह थापाका छोरा भएको उल्लेख गरिएको थियो।

