कोरोना सङ्क्रमणका कारण थप एकको मृत्यु, निधन हुनेको संख्या ३९

Hospital staff carry the body of a person who died of COVID-19 to a morgue in Mumbai, India, Friday, May 29, 2020. Most of the over 150,000 cases are concentrated in five of India’s 28 states, though an increase in cases has also been reported in some eastern states as migrant workers have begun arriving home from big cities on special trains. (AP Photo/Rajanish Kakade)

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट परहवा नगरपालिका–७ का ३६ वर्षीय पुरुष रहेको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती व्यक्तिसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । मृतक भारतको बैङ्गलोरबाट यही असार २४ गते फर्की पारहवाकै आइसोलेशनमा बसेका थिए । उनी कोभिड–१९ का कारण मृत्यु भएका आफ्ना दाइको अन्तिम संस्कारका लागि भारतको बैङ्गलौर गएका थिए ।

आइसोलेशनमा बसेका बेला यही असार २९ गते रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोहीदिन अस्पतालमा भर्ना गरिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । स्वास्थ्यमा थप समस्या देखिएपछि आजै भेन्टिलेटरमा उपचारका क्रममा उनको निधन भएको हो ।

ती व्यक्तिको स्वाब सङ्कलन गरी हेटौँडास्थित प्रयोगशालमा परीक्षण गर्दा आज कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

प्रकाशित : बुधबार, असार ३१, २०७७१५:०८

‘क्वाटरमा खाना खान बोलाएर सशस्त्रका एसएसपीले बलात्कार गरे’