साउन महिना कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् मासिक राशिफल !

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिको लागि यो महिना मिश्रित फलदायी रहनेछ। व्यक्तिगत समस्याले सफलता प्राप्त हुने भने केहि समय लाग्न सक्छ। परिवारमा मनमुटावको अवस्था सिर्जना हुनेछ। रोकिएका कार्य पूरा हुने सम्भावना छ। छाती, फोक्सो तथा मुटुको समस्या हुनेहरूले स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। चोटपटक लग्न सक्छ, सावधान रहनुहोला। महिनाको अन्त्यतिर अर्थ अभावले सताउछ। कृषि व्यवसायमा सफलता प्राप्त हुनेछ। खर्च बढ्नेछ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशिको लागि यो महिना त्यति अनुकूल नदेखियता पनि भविष्यको लागि दिगो योजना गर्ने शुभ समय रहेको छ। जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ। शत्रुको कारण केहि समस्या आउनसक्छ तर पराजय गर्न सक्षम रहनुहुनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा अवसर मिल्नेछ। लेन-देनको लागि समय राम्रो छ। आर्थिक पक्ष मजबूत रहनेछ। कर्यक्षेत्रमा मान-सम्मान तथा तारिफ प्राप्त हुनेछ। महिनाको अन्त्यमा भने व्यवसायमा केहि समस्या आउन सक्छ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अनावश्यक वाद-विवादबाट टाडै रहनुहोला। जीवनशैली विलासिपूर्ण बनाउँन खर्च बढ्नेछ। लेखन, संगीत, कला क्षेत्रमा रुचि बढ्नेछ। साथै कलाक्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। साथी-भाईको भरपूर साथ मिल्नेछ। स्वास्थ्यमा केहि समस्या आउन सक्छ, खासगरी टाउको, नाक,दाँत,आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ। परिस्थति बुझेर काम गर्ने हो भने रोकिएका कार्य पनि पूर्ण हुने सम्भावना छ।  आफ्नो क्रोध र वाणीमा संयन राख्नुहोला।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यस महिनामा आत्मविश्वास बढे पनि केही सावधानी अपनाउनुपर्ला। स्वास्थ्य कमजोर हुनाले कर्यक्षेत्रमा प्रभाव पर्नेछ।  राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। शत्रुले हानि पुर्याउन सक्छन्, सावधान रहनुहोला। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले सताउन सक्छ। परिवारजनबाट टाडा रहनुपर्नेछ। खर्च बढ्नाले आर्थिक पक्ष केहि कमजोर रहनेछ। व्यापार व्यवसायमा विभिन्न चुनौतीको सामना गर्नु पर्ने सम्भावना रहेको छ। समाजमा एक अलग पहिचान बन्नेछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कडा परिश्रम गर्दा पनि सफलता प्राप्त हुने ढिलाई हुनेछ। व्यापार व्यवसायमा पनि गिरावट आउन सक्ने सम्भावना छ। पारिवारिक खर्च बढ्नेछ। पारिवारिक समस्या देखा पर्न सक्छ, सावधान रहनुहोला। पाउमा चोटपटक लाग्न सक्ने हुँदा हातहतियार प्रयोग गर्दा तथा सवारी  साधन प्रयोग गर्दा  सावधानी अपनाउनुहोला। नयाँ काम सुरु गर्न समय शुभ छैन। ढिपी गर्ने स्वभावले नोक्सान हुनसक्छ। परिस्थिति खराब हुँदा विशेष आयोजना स्थगित हुन सक्छ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिको लागि यो महिना उत्साहजनक रहनेछ। रोकिएका कार्य पूरा हुने सम्भावनाका साथै नयाँ कार्य सुरु गर्न पनि शुभ समय रहेको छ। लेन-देनको लागि पनि समय राम्रो छ। दिगो आयस्रोत मिल्ने सम्भावना रहेको छ। आर्थिक पक्ष मजबूत हुनेछ। यात्राको योग बन्नेछ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। वाहन खरिद गर्न शुभ समय रहेको छ। राजनीति तथा नोकरीक्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ। महिनाको अन्त्यमा केहि समस्या तथा कर्यक्षेत्रमा चुनौती आउन सक्छ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यस राशिको लागि यो महिना शुभ रहेको छ। महिलाको सुरुमा केहि समस्या आएपनि क्रमशः अवसर र सफलता प्राप्त हुनेछ। कर्यक्षेत्रमा सफलताका साथै पदोन्नतीको योग रहेको छ। विशिष्ट व्यक्तिहरूको सहयोग मिल्नेछ । प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ साथै मान-प्रतिष्ठा बढ्नेछ। जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ। आयमा वृद्धि  हुनेछ। कृषिक्षेत्रबाट विशेष लाभ मिल्नेछ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिको लागि यो महिना अनुकूल समय छैन। शारीरिक थकान र कमजोरीको महशुस हुनेछ। आर्थिक पक्ष कमजोर हुनेछ। कर्यक्षेत्रमा कडा मिहेनत गर्दा पनि सफलता प्राप्त नहुन सक्छ। लेन-देनको लागि समय अनुकूल छैन। अनुसन्धानात्मक अध्ययनमा लाग्नेहरूलाई भने लाभ मिल्नेछ। जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन नकै कडा परिश्रम गर्नु पर्नेछ। नोकरी तथा राजनीतिमा नयाँ अवसर मिल्नेछ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिको लागि यो महिना संघर्षपूर्ण रहनेछ। व्यवसाय र आयमूलक काममा गिरावट आउनेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। खर्च बढ्नेछ। आफन्त तथा शुभचिन्तकबाट टाढा रहनुपर्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। आय कमजोर हुँदा अर्थ अभावले सताउन सक्छ। चोटपटक लाग्न सक्ने भएकाले हातहतियारको प्रयोग सावधानीपूर्वक गर्नुहोला। नयाँ कार्य सुरु गर्न समय शुभ छैन।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

केहि अवसर प्राप्त भए पनि यो महिना खर्चिलो रहनेछ।  शत्रु पराजय हुनेछन्।  व्यापार व्यवसाय सामान्य रहनेछ। अधिक श्रम गर्नुपरे पनि आयस्रोत सबल हुनेछ। रोकिएका कार्य पूरा हुने सम्भावना रहेको छ। महिनाको सुरुमा घरखर्च बढ्नुका साथै पारिवारिक असमझदारी देखापर्नेछ। शारीरिक थकान र कमजोरीको महशुस हुनेछ। प्रतिकूल परिस्थतिमा पनि आफन्तजनको सहयोग मिल्ने छैन। आर्थिक पक्ष कमजोर हुनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिको लागि यो महिना सामान्य रहनेछ। महिना प्रारम्भमा केहि चुनौती आएपनि यस महिना विभिन्न अवसर प्राप्त हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। शत्रु पराजय हुनेछन्। आर्थिक समस्या हट्नेछ साथै रोकिएका काम पूरा हुनेछ। वाहन तथा भौतिक साधन खरिद गर्न शुभ समय रहेको छ। भविष्यको लागि दिगो योजना गर्ने शुभ समय रहेको छ। साथी-भाई तथा परिवारबाट भरपूर साथ मिल्नेछ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

असामान्य परिस्थितिबाट गुज्रिनु परे पनि पछिका लागि कर्म सञ्चय गर्ने समय छ। अत्याधिक परिश्रमले शारीरिक थकान र कमजोरीको महशुस हुनेछ। कर्यक्षेत्रमा सहकर्मीको साथ भरपूर मिल्नेछ। आयामा वृद्धि  हुनेछ। आफन्तजनसँगको सम्बन्धमा खटपट हुन सक्छ। कर्यक्षेत्रमा चुनौती बढ्नेछ। बौदिक कार्यमा सफलता प्राप्त हुनेछ। सफलता प्राप्त गर्न कडा परिश्रम गर्नु पर्नेछ। दिगो कार्यको लागि प्रयत्न गर्नु राम्रो हुनेछ।

प्रकाशित : बिहिबार, साउन ०१, २०७७१२:३६

भोलि साउन २ गते कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !