एजेन्सी , बलिउड अभिनेत्रीहरु आफ्नो आकर्षक लुकका कारण परिचित छन्। कोहि फरक स्टाइलका कारण त कोहि सुहाउदो अवतारका कारण चर्चामा रहने गर्छन। एक अर्कामा अब्बल हुनका लागि बलिउडका यी अभिनेत्रीहरु कुनै पनि कसर बाकी छोड्दैनन। कार्य व्यस्तताका साथै आफुलाई फिट देखाउनका लागि जिममा घन्टौं पसिना बहाउनु अक्सर अभिनेत्रीहरुको दैनिकी नै हो। ‘फिट भए हिट भइन्छ’ भन्ने मूलमन्त्रका साथ अभिनेत्रीहरु जिममा नै व्यस्त रहन्छन। यसै क्रममा हालै मात्र मलाइका अरोड़ा, जाह्नवी कपूर, दिव्या खोसला, शनाया कपूर लगायतका अभिनेत्रीहरु जिममा पसिना बहाईरहेका बेलामा स्पोट भएका थिए।
जाह्नवी कपूर
चलचित्र धड़क मार्फत बलिउडमा डेब्यु गरेकी अभिनेत्री जाह्नवी कपूर पछिल्लो समय जिममा पसिना बहाउनमा नै व्यस्त रहेकी छिन। २२ बर्षिय अभिनेत्रीले आफुलाई फिट राख्नका लागि हर प्रयास गरिरहेकी छिन। र अक्सर समय जिममा नै बिताईरहेकी हुन्छिन। यसै क्रममा उनि जिमको बाहिर क्यामेराको अगाडी स्पोट भएकी छिन। ग्रीन कलरको क्रप टपको साथमा ब्ल्याक सर्ट्समा उनि हट देखिएकी छिन।
मलाइका अरोड़ा
मलाईका व्यक्तिगत जीवनका साथ साथै आफ्नो फिटनेस र स्टाइलका कारण पनि चर्चामा रहने गर्छिन। हालै मात्र उनि पनि जिमको बाहिर मिडियाका समू स्पोट भएकी छिन जहा उनलाई व्हाइट टी-शर्ट र ग्रे शॉर्ट्समा ग्ल्यामरस देखिएको छ। यसका साथै उनले मिनिममल मेकअप र हाई बन गरेकी थिइन्। यस तस्बिरमा मलाईकालाई मुस्कुराई रहेको देखिएको छ।
शनाया कपूर
सोनम कपूर र जाह्नवी कपूर पछि अब उनका कजिन शनाया कपूर पनि बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी छिन। उनि अभिनेत्री नभई एसिस्टेन्ट डाइरेक्टरको रुपमा बलिउडमा पाइला राख्ने छिन। जाह्नवी कपुरद्वारा अभिनित चलचित्र ‘गुंजन सक्सेना’ को बयोपिकमा उनि एस्सिटेंट डायरेक्टरको रुपमा बलिउड डेब्यु गर्दै छिन। बलिउडमा प्रवेश गर्नु पुर्व नै शनायाले आफ्नो फिटनेस र स्टाइलको कारण हरेकको मन जित्न सफल भईसकेकी छिन। हालै मात्र उनलाई पनि जिममा राम्रै पसिना बहाईरहेको देखिएको छ।
दिव्या खोसला कुमार
गुलशन कुमार की बुहारी अर्थात् चलचित्र निर्देशक दिव्या खोसला अक्सर आफ्नो ड्रेसिङ्ग सेन्सका कारण फ्यानहरुको मन जित्न सफल भएकी छिन। ट्रेडिशनल लुक होस या वेस्टर्न उनि हरेक लुकमा आकर्षक देखिने गर्छिन। हालै मात्र दिव्यालाई ब्लैक गंजी टप र ग्रे लोअरमा ग्ल्यामरस देखिएको छ। मिनिमल मेकअपमा उनि क्युट स्माइलका साथमा राम्री देखिएको छ।