भोलि साउन २ गते कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| लेन-देनको लागि समय शुभ छैन| खान-पानमा विशेष ध्यान दिनुहोला| स्वास्थ्यमा समस्या देखा पर्न सक्छ| पारिवारिक कलह सिर्जना हुनेछ| अनावश्यक खर्च बढ्नेछ|

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको यस दिन शुभ रहनेछ| मानसिक र शारीरिक स्वस्थता महशुस हुनेछ| परिवारको साथ आनन्दमय समय बित्नेछ| आकस्मिक धन लाभको योग रहेको छ| आत्मविश्वासमा पनि वृद्धि हुनेछ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| स्वास्थ्यमा समस्या आउन सक्छ, खासगरी आँखा सम्बन्धि समस्या| आकस्मिक खर्च हुनाले आर्थिक पक्ष कमजोर हुनेछ| मानसिक चिन्ता रहिरहनेछ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको लागि यस दिन लाभदायक रहेनछ| धन लाभ हुने सम्भावना रहेको छ| व्यापार व्यवसायमा समय अनुकूल छ| स्त्री लाभ प्राप्त हुनेछ| साथी-भाईसंग यात्राको योग बन्ने देखिन्छ| शारीरिक र मानसिक स्वस्थ्य राम्रो रहनेछ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन अनुकूल रहनेछ| पदोन्नतीको योग रहेको छ| सरकारी क्षेत्रबाट लाभ प्राप्त हुनेछ| परिवारमा सुख-शान्तिको वातावरण स्थापना हुनेछ| उच्च पदाधिकारीसँगको सम्बन्धमा सुधार आउनेछ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको यस दिन सुखमय रूपले बित्नेछ| धन लाभ हुने सम्भावना रहेको छ| विदेशमा रहेका आफन्तबाट शुभ समाचार मिल्नाले मन प्रशन्न रहनेछ| भाई-बहिनीबाट लाभ प्राप्त हुनेछ| धार्मिक कार्यमा खर्च हुनेछ|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| नयाँ कार्य सुरु गर्न शुभ समय छैन| शारीरिक स्वास्थ्यमा समस्या आउँन सक्छ| मानसिक स्वास्थ्य भने सुधार हुनेछ| शत्रु हावी हुनसक्छन्, सतर्क रहनुहोला|

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वादिष्ट एवम उत्तम भोजन, सुन्दर वस्त्र  पाएर तपाईं प्रसन्न रहनुहुनेछ| सामाजिक मान-सम्मान बढ्नेछ| साथी-भाईसंग यात्राको योग बन्नेछ| व्यापार व्यवसायमा आकस्मिक लाभ प्राप्त हुनेछ| विपरित लिंगी प्रति आकर्षण बढ्नेछ|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको यस दिन शुभ रहनेछ| स्वास्थ्य राम्रो रहनेछ| शत्रु पराजय हुनेछन्| कर्यक्षेत्रमा उच्च पदाधिकारीको भरपूर सहयोग मिल्नेछ| धन लाभ हुने सम्भावना रहेको छ| अधुरा काम पूर्ण हुनेछन्|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ| यस दिन नयाँ कार्य सुरु नगर्नुहोला| सन्तान सम्बन्धि कुराले मन चिन्तित रहनेछ| परिवारका अग्रजको स्वास्थ्यमा समस्या आउँन सक्छ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक तथा मानसिक स्फूर्तिको अभाव रहनेछ| खर्च बढ्नाले आर्थिक पक्ष कामजोर रहनेछ| वाहन तथा सवारीको प्रयोग गर्दा अत्यन्तै ध्यान दिनुहोला| विद्यार्थी वर्गले भने सफलता प्राप्त गर्नेछन्|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईंको यस दिन शुभ रहनेछ| मान-सम्मान बढ्नेछ| कार्य सफल हुनाले मनमा प्रशन्नता छाउनेछ| नयाँ कार्य सुरु गर्न शुभ समय रहेको छ| भाई-बहिनीबाट लाभ प्राप्त हुनेछ|

प्रकाशित : बिहिबार, साउन ०१, २०७७१३:३६

कुन राशिका लागि कस्तो रहला यो हप्ता ? हेर्नुहोस् साप्ताहिक राशिफल !