काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम भारतमा नभई नेपालमै जन्मिएको बताएपछि भारतमा चर्को विरोध भएको छ। प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई लिएर भारतमा जनस्तरमै आक्रोश पैदा भएको पाइएको छ।

भगवान् राम नेपालमा जन्मिएको भन्दै ओलीले दिएको अभिव्यक्ति पश्चात एक नेपाली माथि भारतमा दु-र्व्यवहार भएको छ। बिहिबार भारतमा एक नेपाली माथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ।

भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको विरोध गर्दै भारतमा रहेका एक नेपालीको कपाल नै मुण्डन गरिदिएका छन्। भारतीयहरूले नेपालीको टाउकोको कपाल मुण्डन गरेर श्रीराम लेखेका छन्। उक्त घटनाको एक भिडियो समेत सार्वजनिक भएको छ। उक्त भिडियोमा नेपालका प्रधानमन्त्री ओलीको विरोध गरिएको पनि देखिएको छ।

सार्वजनिक भिडियो बारे भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले ट्वीटर मार्फत चासो व्यक्त गर्दै उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा भएको बताएका छन्।
https://twitter.com/seeuabhishek/status/1284001733115437057
प्रमको राम र अयोध्याबारेको अभिव्यक्ति पश्चात भारतमा रहेका नेपाली युवा माथी हिंदूवादी संगठन विश्व हिंदू सेनाले कपाल खौरेर तालुमा जय श्री राम लेखेर अत्याचार गरेछन।
यस्तो कार्य कुनै पनि हालतमा सहन सकिदैन !
तुरुन्तै कदम चालियोस !@PM_Nepal @PradeepgyawaliK @nilacharya pic.twitter.com/f8NJXFCim4— Abhishek Raj Singh (@seeuabhishek) July 17, 2020
![]()

