कपाल मुण्डन प्रकरणमा नयाँ ट्वीस्ट: एक हजार लिएर नक्कली नेपाली बनेको खुलासा !

काठमाडौँ – भारतमा एक नेपालीलाई मुण्डन गरिएको घटनामा नयाँ ट्वीस्ट आएको छ। भारतीयहरुले कपाल मुण्डन गरिदिएको भनिदिएका व्यक्ति नेपाली नै नभएको खुलेको छ।

प्रहरी अनुसन्धानका क्रममा भिडियोमा नेपाली भनेर देखाइएका व्यक्ति भारतीय रहेको खुलेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। वाराणसीका एसएसपी अमृत पाठकका अनुसार भिडियोमा देखिएका व्यक्ति नेपाली नभई भारतीय हुन्।

हिरासतमा लिएर बयान लिने क्रममा उनले आफू नेपाली नभई भारतीय रहेको बताएको पाठकको भनाई छ। प्रहरीलाई उनले आफ्नो नाम धर्मेन्द्र सिंह बताएको वाराणसी प्रहरीले जनाएको छ।

उनी साडीको पसलको काम गर्दै आएका थिए। लकडाउनका कारण आर्थिक समस्यामा परेका उनलाई विश्व हिन्दु सेनाका सदस्यहरुले एक हजार भारतीय रुपैंया दिएका थिए। सोहि लोभमा उनले आफ्नो कपाल मुण्डन गराउन दिएका थिए भने ओली विरुद्ध नारा पनि लगाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम भारतमा नभई नेपालमै जन्मिएको बताएपछि भारतमा चर्को विरोध भैरहेको छ। भारतमा एक नेपालीको मुण्डन गरिदिएको भन्दै शुक्रबार एक भिडियो सार्वजनिक भएको थियो। वनारसमा एक नेपालीको कपाल खौरिदिएको भन्दै सार्वजनिक भएको भिडियोले नेपाल र भारत दुवै देशमा तरंग पैदा गरेको थियो।

https://twitter.com/seeuabhishek/status/1284001733115437057

प्रकाशित : शनिबार, साउन ०३, २०७७१४:०२

आइतबार साँझबाट मौसम झन् बिग्रिने, मौसमविद्को यस्तो चेतवानी !