डण्डीफोरका पूराना दाग-धब्बा यी घरेलू उपाय अपनाएर हटाउनुहोस् !

आजको समयमा सबै आफुलाई राम्रो देखाउने प्रयास गर्छन्| त्यसको लागि मानिस थारि-थरिका चिज प्रयोग गर्छन्| वास्तवमा,  गलत खानको कारणले अनुहारमा डण्डीफोर तथा दाग-धब्बा आउँछ। यी समस्याको निधान सजिलै गर्न सकिन्छ, तर यदि ढिला गर्यो भने यो निकै मुश्किल हुनसक्छ| घरमै बनेको यो फेस प्याकको नियमित प्रयोगले अनुहारको दाग-धब्बाको समस्या समाधान गर्न सकिन्छ|

सुन्तलाको बोक्राको पाउडर 

सुन्तलाको बोक्राको पाउडरबाट बनेको फेस प्याकको प्रयोगले अनुहारमा रहेका दाग-धब्बा बाट छुटकारा पाउन सकिन्छ| यसको लागि, एक चम्चा सुन्तलाको बोक्राबाट बनेको पाउडरमा दुध र चिनी मिलाएर यसको फेस प्याक तयार गर्नुहोस् र अनुहारमा लगाएर यसलाई सुक्न दिनुहोस्| सुकिसकेपछि चिसो पानीले मुख धुनुहोस्| सुन्तलामा हुने साईट्रिक एसिडले अनुहारमा रहेको धब्बा हटाउँछ|

आलुको रस 

छालामा रहेको दाग-धब्बाबाट छुटकारा पाउन आलुको रसको प्रयोग सबैभन्दा उत्तम उपाय मानिन्छ| आलुको रस निकालेर त्यसमा चिनी मिलाएर अनुहारमा लगाउनाले अनुहारमा रहेका दाग-धब्बा हट्छ|

ग्रीन टी फेस प्याक 

अनुहारको डण्डीफोरबाट छुटकारा पाउन र दागहरू हटाउनको लागि दुई चुटकी बेसार, एक चम्चा ग्रीन टी र एक चम्चा ग्राम आटा मिलाएर पेस्ट बनाउनुहोस्। अनुहार राम्रोसँग धुनुहोस् र अनुहारमा तयार पारेको पेस्ट लगाउनुहोस्। बीस मिनेट पछि, कपासमा गुलाब जल प्रयोग गरेर सुख्खा प्याकलाई भिजाउनुहोस् र लगाएको प्याक अनुहारबाट हटाउनुहोस्।

प्रकाशित : सोमबार, साउन ०५, २०७७१४:२०

बेसार पानीको सेवनले दिलाउँछ यस्ता अतुलनिय फाइदाहरु, जानिराखौ