गर्भावस्थामा महिलाहरूले आफ्नो खानामा विशेष ध्यान दिन आवश्यक छ। विशेष गरी, गर्भावस्थाको पहिलो र अन्तिम तिमाहीमा खान-पानको विशेष ध्यान राख्नु पर्छ। आठौँ महिनामा धेरै पटक, केहि महिलाले खान-पानमा ध्यान दिन छोड्छन्। उनीहरुलाई लाग्छ कि अब अन्तिम महिना मात्र बाँकी छ, बच्चाको बृद्धि पनि भएको छ। तर यो सोच राम्रो होइन|
विशेष गरी आठौँ महिनामा आइरन र क्याल्शियमले भरिएको खाना खानुपर्दछ। रगत गुमाउनु प्रसवको एक हिस्सा हो,त्यसैले यस्तोमा यो सुनिश्चित गर्न आवश्यक छ कि आफ्नो आहारमा पर्याप्त आइरन समावेश छ। क्याल्सियमले आमाको र बच्चाको हड्डीहरू बलियो राख्दछ, त्यसैले यसलाई भोजनमा समावेश गर्नुपर्दछ। साथै हरियो तरकारी, नट्स, खुबानी, सुक्खा फल, अण्डा, माछा, दुग्धजन्य पदार्थहरू र केरा खानुपर्दछ।
गर्भावस्थाको आठौँ महिनामा यी चिजको सेवन गर्नु हुँदैन
१. क्याफिन युक्त पेय पदार्थको सेवन गर्नु हुँदैन।
२. मेवामा लेटेक्स समावेश हुन्छ जसले गर्भावस्थाको सुरूमै गर्भपातको जोखिम बढाउँछ। यसले पपाइन र पेप्सिन पनि समावेश गर्दछ जसले भ्रुणको विकास हुन दिदैन। डाक्टरहरूले गर्भावस्थामा काँचो मेवा नखान सल्लाह दिन्छन्।
३. बाख्रा, गाई र भेडाहरूको अनपास्चराइज्ड दुध नपिउनुहोस्। बाख्राको दूध गर्भावस्थामा धेरै जोखिमपूर्ण हुन्छ, किनकि यसमा टोक्सोप्लाज्मोसिसको भरपूर मात्रा समावेश हुन्छ।
४. चिनियाँ खानामा एमएसजी हुन्छ, अर्थात् मोनो सोडियम गमलेट, जुन भ्रुणको विकासको लागि हानिकारक छ। यस कारणले गर्दा, धेरै पटक, जन्म पछि बच्चामा कमजोरी देखा पर्न सक्छ। यसमा रहेको सोया ससमा नुनको उच्च मात्रा हुन्छ, जसले उच्च रक्तचाप निम्त्याउँछ जुन गर्भवती महिलाको लागि अत्यन्त खतरनाक हो।
५. रक्सी जन्य पदार्थ यस अवस्थामा निकै हानिकारक हुन्छ| त्यसैले गर्भावस्थामा रक्सी जन्य पदार्थबाट टाडै रहनुहोला|
६. भुइँकटर, काँचो अण्डा, काँचो मासु, कृत्रिम स्वीटनर, समुद्री खाना, रेडिमेड खाना, फ्रिज गरिएको खाना, धेरै नुन, हर्बल चिया आदिको सेवन पनि निकै हानिकारक हुन्छ ।