“इन्गेजमेन्ट”मा यी बलिउड नायिकाले पाएका थिए सबै भन्दा महँगो औंठी !

विवाह दुई आत्मा र दुई घरलाई एउटै साईनोमा परिवर्तन गर्ने एक सुत्र हो । जहाँ अपरिचित मान्छे साईनोमा बदलिन्छन् । आफन्त हुन्छन् दुई घर । विवाह सकेसम्म मानिस एक ब्यक्ती संग मात्र गर्न चाहन्छ । एउटै संग जीवन बिताउन चाहन्छ । एक पटक गरिने विवाहमा हामी धेरै खर्छ र तदक-भडक गर्न खोज्छौ ।

गहना देखी लुगा फाटो महंगो र राम्रो किन्न खोज्छौ । अझ यस कुरामा कलाकारहरु निक्कै माथि छन् । अझ बलिउडका कलकारको त कुरै छाडौ । आज हामी तपाईहरुलाई बलिउडका केही अभिनेत्रीहरुको मंहगो औँठीको बारेमा जानकारी दिन गइरहेका छौँ । जुन करोडौँ मूल्य भन्दा बढीका छन् ।

अमिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग विवाह गरेकी अभिनेत्री ऐश्वर्या राय बच्चनको विवाहमा ऐश्वर्यालाई खुसी बनाउन अभिषेकले भारतीय रुपैयाँ ५ करोडको ५३ क्यारेटको हिराको औँठी दिएका थिए ।

माइक्रोम्याक्स कम्पनीको कार्यकारी निर्देशक समेत रहेका राहु शर्माले असिन थोतुमकललाई ६ करोड मूल्य भारतीय रुपैयाँ पर्ने २० क्यारेटको औठी दिएका थिए ।

भारतका प्रसिद्ध व्यापारी टाइकून राज कुन्द्रासँग अभिनेत्री शिल्पा शेट्टीको विवाह भएको थियो । राज कुन्द्राले भारतीय ३ करोड रुपैयाँ बराबरको २० क्यारेटको औँठी दिएका थिए ।

 

सैफ अलि खानसँग विवाह गरेकी अभिनेत्री करिना कपू्र खानलाई ७ क्यारेटको औँठी दिएका थिए ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६११:००

यी ५ बलिउड स्टारका बडीगार्ड छन् सबै भन्दा महँगा ! बडीगार्डलाई कसले कति दिन्छन् ?