राष्ट्रपतिको पार्टी मोह देखेर कमल थापाले भने – ‘अब राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुन्छ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुने कुरामा राप्रपा स्पष्ट रहेको बताएका छन्।

मंगलबार एक ट्वीट गर्दै उनले नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशमा चुनावी/पार्टी राजनीति भन्दा माथी उठेको राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुने बताएका हुन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद मिलाउन राष्ट्रपति सक्रिय रहेको भन्दै आलोचना भइरहेका बेला उनले पार्टी राजनीति भन्दा माथी उठेको राजसंस्था उपयुक्त हुने बताए।

मंगलबार ३८ औं वीपी स्मृति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको भर्चुअल कार्यक्रममा डा. कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको बताएका थिए। यहि विषय लाई उल्लेख समेत गर्दै थापाले राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुने दावी गरेको बुझिएको छ।

बिपीले समेत राजसंस्था रहेन भने नेपालको स्वतन्त्र अस्तित्व रहने छैन भनेको थापाले ट्वीटरमा उल्लेख गरेका छन्।

“राष्ट्रपतिका कारण राजतन्त्र ठीक भन्ने जमात बढ्यो:महामन्त्री कोइराला
राजसंस्था रहेन भने नेपालको स्वतन्त्र अस्तित्व रहने छैन:बिपी कोईराला
नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशमा चुनावी/पार्टी राजनीति भन्दा माथी उठेको राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुन्छ:राप्रपा”


प्रकाशित : बुधबार, साउन ०७, २०७७०३:०६

“राष्ट्रपतिको भूमिका लाजमर्दो, ओलीको ‘रबरस्ट्याम्प’ बनिन्”