“लकडाउन अन्त्य गर्ने निर्णय अपरिपक्व, लापरवाही गरे भारतबाट कोरोना भित्रिन्छ”

काठमाडौँ – कोरोना रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरिएको लकडाउन अन्त्य भएको छ। मंगलबार मध्यरातिबाट सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेको हो।

सरकारले लकडाउनको अन्त्य गरेको प्रति स्वास्थ्यविद्हरुले असन्तुष्टि व्यक्त गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले लकडाउन अन्त्य गर्ने सरकारको निर्णयलाई अपरिपक्व भन्छन्।

कोरोना संक्रमणको व्यापक परीक्षण नगरेसम्म वास्तविक अवस्था पत्ता नलाग्ने भन्दै उनी लकडाउनको अन्त्य गर्ने निर्णय ठीक हुन नसकने बताउँछन्। ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा कोरोनाले थप सङ्कट निम्त्याउन सक्ने उनको भनाई छ।

“कोरोना संक्रमणको समुदायमा ब्यापक परीक्षण गरेर बास्तबिक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ । ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउनेछ।”,उनी भन्छन्।

काठमाडौं उपत्याका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसंग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण हुन जाने उनको बुझाई छ।

परीक्षण गर्दै चरणबद्ध रुपमा लकडाउनको ब्यबस्थापन गर्नुपर्नेमा बिज्ञसंग पर्याप्त छलफल नगरि लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलिने डर बिध्यमान रहेको उनले बताएका छन्। सिमाना प्रभावकारी ढंगले शिल नगर्ने हो भने भारतबाट धेरै संक्रमित नेपाल प्रवेश गर्ने खतरा रहेको उनी बताउँछन्।

आम नागरिकले सकभर घरमै बस्ने, घरबाहिर निस्कंदा सहि तरिकाले मास्क लगाउने, भीडभाडमा नजाने, बाटो, चोक, पसल, अफिस लगायत सबै ठाउँमा घटीमा ६ फिटको दुरी कायम गर्ने, आबश्यकता अनुसार चस्मा तथा पन्जाको प्रयोग गर्ने, भोजभतेर नगर्ने, सुरक्षित तरिकाले घरमै चाडपर्व मनाउने लगायतका सुरक्षा सतर्कता अझै बढाउन जरुरी रहेको उनको भनाई छ।

प्रकाशित : बुधबार, साउन ०७, २०७७०४:०५

तस्बिरमा जस्तै बुढी औँलाले हत्केला छुनुस्, हुन्छ विशेष फाइदा !