काठमाडौँ – नायिका पूजा शर्माले चलचित्र क्षेत्र खुलाउने तर्फ सरकार र सरोकारवाला पक्षहरुले ध्यान नदिएको बताएकी छन्।
सरकारले चार महिने लकडाउन अन्त्य भएको घोषणा गरेपछि नायिका शर्माले चलचित्र क्षेत्र सुचारु गर्न तर्फ कसैले पनि ध्यान नदिएको भन्दै दुखेसो पोखेकी हुन्।
अधिकांश क्षेत्र खुलिसक्दा पनि चलचित्र क्षेत्रको बिषयमा निर्णय नभएको प्रति उनले भारतमा चलचित्र क्षेत्र सुचारु भएपछि मात्र नेपालका खुल्ने होर भन्दै प्रश्न गरेकी छन्।
“चलचित्र क्षेत्र चलायमान गर्न हामी कती गम्भिर छौ ? बजार खुलिसके, यातायात खुलिसके, सरकारले एक प्रकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ तर न त सरकार न त चलचित्र क्षेत्रका नेतृत्व वर्ग अब चलचित्र क्षेत्र सुचारु गर्ने तत्परतातर्फ अग्रसर देखिएका छन् । के भारतको चलचत्रि क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नुपर्ने हो ?”,प्रश्न गर्दै फेसबुकमा उनले लेखेकी छन्।
पूजाले नेपाली चलचित्रको आफ्नो छुट्टै अस्तीत्व छैन भन्दै नेपाली चलचित्रले नै यो क्षेत्र चलायमान हुन नसक्ने हो भन्दै प्रश्न पनि गरेकी छन्। यो बिषयमा बहस गर्न र सरकारलाई दबाब दिन पनि पूजाले सबै चलचित्रकर्मीसँग उनको आह्वान पनि छ।
“के हामी नेपाली चलचित्रको छुट्टै अस्तित्व छैन ? नेपाली चलचित्रले चलायमान हुन सक्दैन भन्ने गम्भिर प्रश्न हो । छलफल बहस गरौ, सरकारलाई दवाव दिउ र कोरोना कहरबाट सुरक्षित रहने व्यवस्था सहित चलचित्र क्षेत्रलाई चलायमान बानाऔ ।”,उनी फेसबुकमा लेख्छिन्।

