हिन्द महासागरमा एक अजीब कक्रोज फेला परेको छ, जसको खुट्टा सामान्य कक्रोज भन्दा बढि छ। यो कक्रोज आकारमा पनि सामान्य कक्रोजभन्दा धेरै गुणा ठूलो छ। सामान्य जमिनमा हिड्ने कक्रोजको ६ वटा खुट्टा हुन्छन्, जबकि यस समुद्री कक्रोजको १४ वटा खुट्टा छन्। यो विशेष कक्रोज पहिलो पटक हिन्द महासागरमा भेटिएको हो। यो समुद्री कक्रोज सिंगापुरका एक खोजकर्ताले फेला पारेका हुन्।
डेल्ली मेलको रिपोर्ट अनुसार यो कक्रोज नेश्नल युनिभर्सिटी अफ सिंगापुरका पीटर एन.जी र उनका साथीहरूले समुद्री अनुसन्धानका क्रममा भेट्टाएका हुन्। अजीब बनावटवाला यो कक्रोजलाई अहिले एक नयाँ प्रजातिको रूपमा प्रस्तुत गरिएको छ। यसको प्रजातिको जैविक नाम “बाथिनोमस रुक्सा” राखिएको छ। यो कक्रोज समुन्द्रको गहिराइमा पाईन्छ।
नेश्नल युनिभर्सिटी अफ सिंगापुरको अनुसन्धान टोलीले इन्डोनेसियाको पश्चिम जाभाको तटबाट १४ दिने अभियान सुरु गरेको थियो। यस अभियानको अबधिमा टोलीले १२००० भन्दा बढि समुद्री जीवहरू समातेको थियो, जसमा यो विशाल कक्रोज पनि भेटिएको थियो। यो कक्रोज समुद्री आइसोपड प्रजातिको क्रसटेशियन जीव हो, जुन जमिनमा पाइने कक्रोजसँग मिल्दोजुल्दो छ। यस कक्रोजको टाउको र आँखा देखेर, वैज्ञानिकहरूले यसलाई स्टार वार्स फिल्म श्रृंखलाको डार्थ वाडर चरित्र पनि भन्छन्।
इन्डोनेसियाली विज्ञान संस्थानका काहियो रहमदीले बीबीसीलाई भने कि इकोसिस्टमको सन्दर्भमा नयाँ प्रजातिहरूको खोज एकदम महत्त्वपूर्ण छ। यो कक्रोजले समुद्रमा मरेका जनावरहरूलाई खानाको रूपमा खान्छ। यद्यपि यस कक्रोजको सबैभन्दा विशेष कुरा यो हो कि, यो बिना खाना खाई केहि दिन सम्म जीवित रहन सक्छ।