सुनको मूल्यमा बुधबार बनेको रेकर्ड आजै तोडियो, बन्यो अर्को रेकर्ड ! [मूल्य सहित]

काठमाडौँ – सुनको मूल्यमा बुधबार बनेको रेकर्ड बिहिबार नै तोडिएको छ। सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेसँगै बुधबारको रेकर्ड तोडिएको हो।

बुधबार सुनको मूल्य हाल सम्मकै उच्च विन्दु प्रतितोला ९४ हजार पुगेकोमा बिहिबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको मूल्य ९४ हजार ६५ रुपैयाँ कायम भएको छ। यो अहिले सम्मकै महँगो मूल्य हो। बुधबार तेजावी सुनको मूल्य ९३ हजार ५ सय ६० रुपैयाँ थियो।

बिहिबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १ हजार १ सय ४५ पुगेको छ। बुधबार १ हजार १ सय ३५ मा कारोबार भएको चाँदीको मूल्य १० रुपैंयाले बढेको हो।

प्रकाशित : बिहिबार, साउन ०८, २०७७०५:३१

सञ्चालनमा आए सार्वजनिक सवारीसाधन, तर यात्रु कमै देखिए !