गलामा डिम्पल परेको सबैलाई मन पर्छ| तर के तपाईंलाई थाहा छ त कम्मरमा डिम्पल छ भने के हुन्छ| निकै कम मानिसको मात्रै कम्मरमा डिम्पल हुन्छ| यो एउटा शुभ लक्षण मानिन्छ| कम्मरमा हुने डिम्पललाई ‘डिम्पल अफ भिनस’ वा ‘डिम्पल अफ अपोलो’ पनि भनिन्छ| प्राय: यो महिमामा हुन्छ| यस्ता मनिलाका अनुहार तथा शरीरको छाला सुन्दर र मुलायम हुन्छ| साथै यी महिला शारीरिक सम्पर्कको क्रममा चरम सुख तथा आनन्द प्राप्त गर्छन्| यिनीहरुको रक्तसंचार पनि राम्रोसँग हुन्छ भन्ने मानिन्छ|
शल्यक्रिया
कतिपय मानिस शल्यक्रिया गरेर आफ्नो अनुहारमा डिम्पल बनाउँछन्| तर यो कुरा कम्मरको सम्बन्धमा असम्भव छ| यो शरीरको यस्तो भाग हो जहाँ शल्यक्रिया गरेर डिम्पल पार्नु असम्भव हुन्छ|
आनुवंशिक
यो केवल केहि महिलाहरूमा आनुवंशिक रूपमा देखा पर्दछ। यदि उनीहरूको परिवारमा दुबै वा आमा वा बुबामध्ये कसैको डिम्पल छ भने, बच्चामा हुने सम्भावना बढ्छ।
शरीरको प्रकार
कम्मरमा डिम्पल हुने मानिस प्राय: दुब्लो पातलो किसिमका हुन्छन्, जसको कारणले गर्दा नै डिम्पल देखिन्छ| यो पनि सम्भव छ कि त्यहि मानिस मोटो भएपछि त्यो डिम्पल नदेखिन पनि सक्छ|
व्यायाम
यो डिम्पल व्यायाम गरेर फिट, दुब्लो भएर पाउछु भनेर सोच्नु भएको छ भने यो गलत हो| डिम्पल पर्नु भनेको दुई हड्डी बीचको जोड़को स्थिति हो| त्यसैले व्यायाम गरेर यो प्राप्त गर्न सकिदैन|