कोरोना संक्रमित संख्या ४ लाख नाघेपछि मेयरले बल्ल भने – ‘घर बाहिर निस्किँदा मास्क लगाउनु’

एजेन्सी- अमेरिकाको न्युयोर्कका मेयरले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन्। न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्दै न्युयोर्कका बासिन्दादाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन निर्देशन दिएका हुन्। न्युयोर्क राज्यमा मात्र अहिले सम्म ४ लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन्।

यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका हुन्। अमेरिकाका संक्रामक रोग विशेषज्ञहरुले अमेरिकी राज्य र स्थानीय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गर्नुपर्ने आदेश दिन माग गरेका थिए। उनीहरुको यो प्रयासपछि न्युयोर्कका मेयरको यो आदेश आएको बताइएको छ।

मेयर बोसरले बुधबार एक प्रेस सम्मेलनमा भने‚ ‘यदि तपाईंहरु घरबाहिर निस्किँदै हुनुहुन्छ भने अनिवार्य रुपमा मास्क लगाएर निकिस्कनुहोस् भनेर हामीले अनुरोध गरेका हौ।’

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा न्युयोर्कका मेयरले जोड दिँदै आएका छन्। अमेरिकामा मास्क प्रयोग गर्ने विषय सुरुदेखि नै एक प्रकारको राजनीतिक मुद्दा बनेको छ। मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने कुरामा त्यहाँ विभाजन देखिँदै आएको छ।

समाचारमा भनिएको छ मास्क प्रयोगका विषयमा अमेरिकामा मतको विभाजन देखिएको भए पनि विश्वका अधिकांश स्वास्थ्य विज्ञहरूले भने कोरोना भाइरसको रोकथाममा मास्कको प्रयोग र सामाजिक दूरीको पालना प्रभावकारी हुने सुझाव दिँदै आएका छन्।

अमेरिकामा कोरोनाबाट विश्वका अरु देशभन्दा सबैभन्दा बढी मानिस प्रभावित भएका छन्। हाल अमेरिकामा मात्र ४१ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

प्रकाशित : बिहिबार, साउन ०८, २०७७११:०१

काठमाडौँ उपत्यकामा ९ जनामा कोरोनाको पुष्टि !