भोलि साउन ९ गते कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

 तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ| आफ्नो क्रोध तथा वाणीमा  संयम राख्न जरूरी छ| शारीरिक तथा मानसिक थकानको महशुस हुनेछ| सन्तानको विषयमा मन चिन्तित रहनेछ| अधिक प्ररिश्रम पछि पनि कम सफलता प्राप्त हुनेछ| सरकारी क्षेत्रबाट लाभ मिल्नेछ| पेट सम्बन्धि समस्याले सताउन सक्छ|

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको लागि यस दिन शुभ रहनेछ| आत्मविश्वास तथा मनोबल उच्च रहनेछ| कर्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ| विद्यार्थी वर्गको पढाईमा रुचि बढ्नेछ| बुबा बाट लाभ मिल्नेछ| सरकारी कार्यबाट आर्थिक लाभ प्राप्त हुनेछ| सन्तानको लागि पूँजी निवेश हुनेछ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको लागि यस दिन शुभ रहनेछ| नयाँ कार्य सुरु गर्नको लागि दिन निकै शुभ रहेको छ| सरकारी क्षेत्र तथा कार्य क्षेत्रमा उच्च अधिकारीबाट लाभ प्राप्त हुनेछ| दाजु-भाईसँगको सम्बन्धमा सुधार आउनेछ| आर्थिक क्षेत्रमा भने सावधान रहनु पर्ने स्थिति देखिन्छ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ| मनमा निराश तथा असन्तोषको भावना रहिरहन्छ| विद्यार्थी वर्गको लागि पनि दिन शुभ रहेको छैन| अनैतिक कार्यबाट टाडै रहनुहोला|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन मिश्रीत रहनेछ| सामाजिक मान-प्रतिष्ठा बढ्नेछ| शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहने देखिँदैन| क्रोध तथा वाणीमा भने संयम राख्नुहोला| बुबा तथा अग्रजबाट लाभ मिल्ने सम्भावना रहेको छ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| शारीरिक थकान तथा मानसिक तनाब महशुस हुनेछ| मित्रजनसँग मनमुटावको स्वस्था आउन सक्छ| आफ्नो क्रोध तथा वाणीमा भने संयम राख्न जरूरी छ| आकस्मिक धन  खर्च हुनेछ| व्यर्थको झगडाबाट टाडै रहनुहोला|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको लागि यस दिन फलदायी रहनेछ| विविध क्षेत्रमा लाभ प्राप्त हुने सम्भावना रहेको छ| स्त्री मित्रसँगको  भेट आनन्दमय रहनेछ| वैवाहिक जीवन सुखमय रहनेछ| आयमा वृद्धि हुनेछ| यात्राको योग रहेको छ| स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ|

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ| व्यवसायमा स्थिति अनुकूल रहनेछ| कर्यक्षेत्रमा उच्च पधादिकारी तपाईंको कार्यबाट प्रशन्न रहनेछन्| पदोन्नतीको योग रहेको छ| सामाजिक मान-प्रतिष्ठा बढ्नेछ| सन्तानको प्रगतिले मन प्रशन्न रहनेछ|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| व्यापार व्यवसायमा चुनौतीको सामना गर्नु पर्नेछ| शारीरिक तथा मानसिक थकान महशुस हुनेछ| अनावश्यक विवादबाट टाडै रहनुहोला| मनमा व्यग्रता रहिरहन्छ| मनमा नकारात्मक विचार आउनेछ|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| स्वास्थ्यमा समस्या आउनाले धन खर्च हुनेछ| क्रोध तथा वाणीमा संयम राख्नुहोला| कर्यक्षेत्रमा सहकर्मीको साथ मनमुटावको स्थिति सिर्जना हुनसक्छ| व्यापार व्यवसाय क्षेत्रमा  परिस्थिति अनुकूल रहनेछ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

 तपाईंको लागि यस दिन अनुकूल रहनेछ| यस दिन तपाईंको आत्मविश्वास तथा मनोबल उच्च रहनेछ| स्वादिष्ट एवम उत्तम भोजन तथा सुन्दर वस्त्र पाएर मन प्रशन्न रहनेछ| यात्राको योग बन्ने देखिन्छ| कर्यक्षेत्रमा सहकर्मीबाट भरपूर लाभ मिल्नेछ|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ| आत्मविश्वास तथा मनोबल उच्च रहनेछ| शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ| परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ| क्रोध तथा वाणीमा संयम राख्नुहोला|

प्रकाशित : बिहिबार, साउन ०८, २०७७१४:०७

भोलि साउन ११ गते कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल!