काठमाडौँ – गायिका सोफिया थापाको ‘अबको तीज, नो व्रत प्लिज’ बोलको तिज गीत युट्युबबाट हटाइएको छ। सोमबार सार्वजनिक भएको उक्त गीत बिहिबार युट्युबबाट हटाइएको हो।
हिन्दु जागरण नेपाल लगायतका धार्मिक संघ-संस्थाले हिन्दु धर्मको मर्म माथि प्र-हार गरेको भन्दै विरोध जनाएका थिए। अहिले उक्त गीत युट्युबबाट हटाइएको छ। उक्त गीतमा महिला र पुरुष बराबरी भएको भन्दै व्रत नबस्न भनिएको थियो।
‘अबको तीज नो ब्रत प्लिज, नो खुट्टाको पानी, महिला पुरुष दुवै नै बराबरी’ भनिएकै कारण उक्त गीत माथि धर्म मास्न खोजेको आरोप लागिरहेको छ। गीतलाई लिएर सामाजिक सञ्जाल तथा मिडियामा गीतको पक्ष-विपक्षमा बहस शुरु पनि भएको छ।
यसैबीच पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पनि प्रतिक्रिया जनाएका छन्। सामाजिक चेतना जगाउने उक्त गीतले कसैको धर्म/संस्कृतिमाथि प्र-हार नगर्ने भट्टराईको दावी छ।
ट्वीटर मार्फत गीत बारे प्रतिक्रिया जनाउँदै उनले उक्त गीतले कुरितिवारे चेतना जगाउने र कसैको धर्म/संस्कृतिमाथि प्र-हार नगर्ने उल्लेख गरेका छन्। साथै उनले ओलीतन्त्रमा अरिंगाल सेनाहरूको बिगबिगी भैरहेको बेला सामाजिक चेतना जगाउने गीत विरूद्ध अरिंगालहरू खनिनु कुनै अनौठो नभएको पनि बताएका छन्।
“ओलीतन्त्रमा अरिंगाल सेनाहरूको बिगबिगी भैरहेको बेला सामाजिक चेतना जगाउने सोफिया थापाको गीत विरूद्ध अरिंगालहरू खनिनु कुनै अनौठो हैन।मलाई त यो गीत गजब लाग्यो!यसले कसैको धर्म/संस्कृतिमाथि प्र-हार गर्दैन!सिर्फ कुरितिवारे चेतना जगाउँछ।सबैले साथ दिऊँ!मजाले गीत सुनौं! #IAmWithSophiaThapa”,भट्टराईले ट्वीटर मार्फत भनेका छन्।