आइब्रो वा आँखे भौं, यो हाम्रो अनुहारको भाग हो जसले धेरै हदसम्म अनुहारको सुन्दरता बढाउन मद्दत गर्छ।आँखे भौं बिना एक मानिस वा महिलाको कल्पना गर्नुहोस्| अलि अनौठो नै महशुस हुन्छ। आँखे भौंको विशेषता मात्र यस मा सिमित छैन| यो प्रकृति को एक अद्भुत कार्य हो| हाम्रो आँखे भौं पनि हाम्रो अनुहार को आकार अनुसार फरक फरक हुन्छ। सबैजनाको आँखे भौं फरक हुन्छ, कसैको पातलो, कसैको बाक्लो, कसैकोमा थोरै रौं त कसैकोमा बढि रौं| धेरै हदसम्म यो जेनेटिक कोडमा पनि आधारित हुन्छ|
केहि मानिसको आँखे भौं एक-अर्कासँग जोडिएको हुन्छ| प्राय: मानिसको यस्तो आँखे भौं हुँदैन| तर किन यस्तो हुन्छ त ? समुन्द्रीशास्त्रका अनुसार यस्ता आँखे भौं भएका मानिस सामान्य मानिस हैनन्, केहि खास विशेषता हुन्छ यस्ता मानिसमा|
समुद्र शास्त्रका अनुसार ती मानिसहरु जसको आँखे भौं एक आपसमा जोडिएको छ, उनीहरु धेरै मेहनती हुन्छन्| उनीहरु आफ्नो जीवनको हरेक काम चलाखी तथा चतुरता पूर्वक गर्छन्। यिनीहरुमा रचानात्मक क्षमत अरुमा भन्दा खास तथा विशेष हुन्छ| यस्ता मानिस निकै धैर्यवान र संयमी हुन्छन्| यी मानिस सबै कुरा स्पष्ट रूपले भन्ने किसिमका हुन्छन्| यिनीहरु आफ्नो जीवन कल्पनाशील रूपले बिताउन मन पर्छ र यी मानिसलाई जीवनको सिद्धान्तको निकै महत्व हुन्छ|
यी मानिस कसैलाई जरुरत परेको समयमा मद्दत गर्न पछि हट्दैनन्| यिनीहरुको जीवनमा साथी र परिवारको निकै महत्व हुन्छ| दाम्पत्य जीवनमा भने समस्या आउन सक्छ| आफ्नो जीवनसाथीसँग साना-साना कुरामा मनमुटावको स्थिति आउँछ| यिनीहरुलाई निकै भाग्यशाली मानिन्छ| कुनै पनि कार्य थोरै परिश्रमबाट नै सफल हुन्छ|