आजको समयमा मोटोपनाको समस्या सामान्य भएको छ| मानिस आफ्नो वजन घटाउनको लागि जिम जाने, व्यायाम गर्ने, डायेटका साथै अन्य थुप्रै उपाय गर्छन्| तर एक्युप्रेशरको एक उपाय अपनाउने हो भने हामीले सजिलै आफ्नो वजन कम गर्न सक्छौँ| हाम्रो शरीरका विभिन्न भागहरूमा जस्तै हातहरू, औंलाहरू, खुट्टा, कम्मर, पेट, अनुहार, आदि मा केहि विन्दु हुन्छन् जहाँ थिचेर थुप्रै रोग तथा समास्या आफैँले हटाउन सकिन्छ। डाक्टरहरू भन्छन् कि हाम्रो शरीरको प्रत्येक अंग कुनै अर्को अंग वा नसासँग जोडिएको हुन्छ। यदि त्यो बिन्दुलाई दबायो भने रगतको उचित संचालन हुन्छ र रोगसँग लड्न सक्ने क्षमत बढ्छ।
टाउको दुखाइ
आजकल प्राय: मानिसले टाउको दुख्ने गुनासो गर्छन्, ठूला मानिस त यस श्रेणीमा पर्छन् नै तर केटाकेटीहरूले पनि भन्ने गर्छन् कि उनीहरूलाई टाउको दुखाइ छ। यस्तो अवस्थामा एक्युप्रेशरको विशेष उपचार छ। जब टाउको दुख्छ, पहिलो औंला (चोर औंला) र बायाँ हातको औंठा बिचको ठाउँ दायाँ हातको औंठाको मद्दतले बिस्तारै दबाउनु पर्छ। कम्तिमा ८ देखि १० मिनेटको लागि यो गर्नुहोस्। केहि समयमा आराम मिल्नेछ तर धेरै आराम मिलेन भने आधा घण्टा पछि फेरी दोहोर्याउनुहोस्।
वजन कम गर्ने उपाय
अधिक तनाब भएको मानिसलाई धेरै भोक लाग्छ जसको कारण पनि मोटोपना बढ्न सक्छ| त्यसैले तनाब कम भयो भने वजन कम गर्न सकिन्छ| त्यसको लागि आफ्नो अनुहारको नाक र ओठको बीचको भाग दबाउनु पर्छ| विशेषज्ञका अनुसार यसो गर्दा तनाब कम हुन्छ र वजन घटाउन मद्दत गर्छ| यस समस्याको समाधान गर्नको लागि उक्त विन्दु दैनिक ५ मिनेटसम्म दबाउनु पर्छ, जसले वजन घटाउन मद्दत गर्छ|
पाखुराको विन्दु
विज्ञहरूका अनुसार शरीरको तौल ठिक राख्नको लागि शरीरको तापक्रम ठिक हुन जरूरी हुन्छ। साथै, आन्द्राको स्थिति पनि सहि हुन महत्त्वपूर्ण छ। एक्युप्रेशरको अनुसार हाम्रो पाखुरामा एक विन्दु हुन्छ, जहाँबाट शरीरको सबै उर्जा बाहिर आउँछ। आफ्नो काँधभन्दा थोरै तल पाखुरामा एउटा विन्दु हुन्छ| शरीरको तापमान नियन्त्रण गर्न उक्त विन्दु दैनिक १ पल्ट ५ मिनेट दबाउन जरूरी हुन्छ|
टांगको विन्दु
तपाईंको घुँडाभन्दा थोरै तल एक विन्दु हुन्छ| आफ्नो दुबै खुट्टाको उक्त विन्दु पालै-पालो दबाउनु पर्छ| यहाँ आफ्नो हातले बिस्तारै मालिस पनि गर्न सकिन्छ| एक दिनमा ९ पटक कमसेकम १० मिनेटको लागि यो विन्दु दबाउनु पर्छ| यसो गर्नाले वजन कम हुन्छ| यो प्रक्रिया रातको समयमा भने गर्नु हुँदैन| यसो गर्नाले राति निन्द्रा नपर्न पनि सक्छ|
मेटाबोलिजम बढाउने विन्दु
मोटो मानिसको मेटाबोलिजम स्तर कम हुन्छ| पातलो मानिसको मेटाबोलिजम स्तर उच्च हुन्छ| त्यसैले मेटाबोलिजम स्तर बढाउन सक्यो भने हाम्रो वजन घट्छ| यसको लागि एक्युप्रेशरको अनुसार मानिसको कानको अघिल्लो भागमा रहेको विन्दु आफ्नो औंठाले दबाउनु पर्छ| पहिला १-२ मिनेटको लागि मसाज गरेर आफ्नो औंठाले ३ मिनेटसम्म कानको उक्त विन्दु दबाउनाले शरीरको मेटाबोलिजम स्तर बढाउँछ, जसले वजन कम गर्न मद्दत गर्छ|
पेटको विन्दु
एक्युप्रेशरको अनुसार हाम्रो पेटको नाभीभन्दा ठिक ३ सेन्टिमिटर तल एक विन्दु हुन्छ, जुन विन्दुलाई सिधा नदबाएर बिस्तारै मालिस गर्नु पर्छ| यसले पनि तपाईंको वजन कम गर्न मद्दत गर्छ|
खुट्टाको विन्दु
तपाईंको खुट्टाको तलको भागमा एउटा विन्दु हुन्छ जसले वजन कम गर्न मद्दत गर्छ| खुट्टाको कुइनाभन्दा २ इन्च माथि एक विन्दु हुन्छ, जुन विन्दु दबाउँदा पाचन शक्ति कायम रहन्छ| यो दिनमा २-३ पल्ट एक मिनेटसम्म गर्नाले छिटै वजन घट्छ|