साम्राज्ञीविरुद्ध भुवन केसीले मुद्दा हाले, १० करोड क्षतिपुर्तिको माग !

काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी विरुद्ध अभिनेता भुवन केसीले मुद्दा दायर गरेका छन्। शुक्रबार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहले आफूविरुद्ध झुटो आरोप लगाएको बताउदै अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका हुन्।

शुक्रबार दिउँसोअदालत पुगेर केसीले नायिका शाह विरुद्ध १० करोड क्षतिपुर्ति माग गर्दै मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिएका छन्। निवेदनमा केसीले आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन्।

विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानल मार्फत साम्राज्ञीले आफ्नो बेइज्जत गरेको भन्दै परेको निवेदन दर्ता भइसकेको छ। त्यस सम्बन्धमा प्रक्रिया शुरु भैसकेको अदालत श्रोतले जनाएको छ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रमा काम गर्ने क्रममा केसीले आफू माथि दुर्व्यवहार गरेको आरोप ‘इन्स्टाग्राम’ मा भिडियो पोस्ट गर्दै लगाएकी थिइन्।

साम्राज्ञीको आरोपलाई केसीले सामाजिक संजालबाट खण्डन गरेका थिए भने चलचित्र कलाकार संघमा पनि सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै उजुरी दिएका थिए ।

प्रकाशित : शुक्रबार, साउन ०९, २०७७१०:५०

“हामीले पनि चाहेको भए जिन्दावाद मुर्दावाद भनेर मान्छे सडकमा उतार्न सक्थ्यौं”