एजेन्सी- चलचित्रमा नायकसँगै खलनायकको पनि महत्वपूर्ण भूमीका हुने गर्छ। चलचित्रमा मसला भर्ने काम खलनायकको हुने गर्छ। कहिले काहीं चलचित्रमा खलनायिका पनि देखिन्छन्।
बलिउडका केहि नायिकाहरुको बारेमा हामी यस लेखमा चर्चा गर्ने छौँ, जसले चलचित्रमा नकारात्मक भूमिका निभाईसकेका छन्। चलचित्रहरुमा खल्नायिकको भूमिका निभाएर प्रसंशा कमाउन सफल चल्तीका नायिकाहरु निम्न उल्लेखित छन्।
काजोल
काजोल बलिउडमा रोमान्टिक फिल्महरूको कारण चर्चित छिन्। अहिले चलचित्रबाट केहि टाढा रहेकी काजोल कुनै समयमा धेरै चल्तीकी नायिकाको रुपमा परिचित थिइन्। करियरमा काजोलले एक चलचित्रमा भिलेनको भूमीका निभाएकी थिइन्। चलचित्र ‘गुप्त’मा काजोलले निभाएको नकारात्मक भूमिका धेरैले मन पराएका थिए।
प्रियंका चोपडा
बलिउडमा मात्र नभई हलिउडमा समेत आफ्नो सुन्दरता र अभिनयको जादु चलाउन सफल प्रियंका गायन क्षेत्रमा पनि सफल रहिन्। प्राय चलचित्रमा नायिकाको भूमिका निभाउने प्रियंकाले चलचित्र “ऐतराज” मा नकारात्मक भूमीका निभाएकी थिइन्।
ऐश्वर्या राय बच्चन
बलिउडमा सबै भन्दा सुन्दर नायिकाको रुपमा चर्चित रहेकी ऐश्वर्या राय बच्चन आफ्नो अभिनय कौसलताको कारण पनि सबैको मनमा बस्न सफल छिन्। नायिकाको भूमिका निभाउने मात्र नभई उनले नकारात्मक भूमिका पनि निभाइसकेकी छिन्। चलचित्र “खाकी” मा ऐश्वर्याले भिलेनको भूमिका निभाएकी थिइन्।
अमृता सिंह
डेब्युसँगै चम्किएकी नवनायिका सारा अलि खानकी आम अमृता सिंह कुनै समतमा चर्चित नायिका थिइन्। अहिले चलचित्रहरुमा खासै देखा नपर्ने अमृताले एक चलचित्रमा खलनायिकाको भूमीका निभाएकी थिइन्। चलचित्र “कलियुग” मा अमृताले निभाएको नकारात्मक भूमीका धेरै रुचाएको थियो।