शरीरमा रक्त प्रवाह सहि हुनु निकै महत्वपूर्ण हुन्छ। यद्यपि हाम्रो गलत बानी, गलत खाना, गलत जीवनशैलीको कारण रगतको प्रवाह शरीरमा अवरोध हुन्छ। यसको कारण, हामीले धेरै स्वास्थ्य सम्बन्धि समस्याहरु भोग्नु पर्छ।
लक्षण
हात र खुट्टामा अचानक काम नगरेको जस्तो हुनु र खुट्टा काम्नु जस्ता लक्षण देखा पर्न सक्छ। हात खुट्टा सुन्निनु। मांसपेशि र हड्डीको जोड़ दुख्नु। शरीरका नसा नीलो हुन्छन्। धेरै जसो समय थकानको महशुस हुन्छ। कुनै पनि काममा ध्यान नलाग्नु। छालाको रंगमा परिवर्तन आउनु र कब्जियतको समस्या पनि सुरु हुन सक्छ। यस्ता लक्षण देखिन सक्छ|
लसुन
लसुनको सेवन स्वास्थ्यको लागि लाभदायक हुन्छ। लसुनमा एसिलिन पाइन्छ र सल्फर पनि धेरै मात्रामा उपलब्ध हुन्छ। लसुनले शरीरमा रगत प्रवाहको समस्यालाई ठिक गर्छ। दैनिक लसुनको सेवन गर्नाले शरीरमा रगत प्रवाह सहि हुनुका साथै हृदय सम्बन्धि रोगबाट पनि बचाउँछ।
अनार
पोलीफेनल्स र नाइट्रेट अनारमा पाईन्छ जसले मांसपेशि टिस्युमा अक्सिडेशन रोक्छ। साथै, अनारको सेवन गर्दा शरीरमा रगत प्रवाह पनि सहि हुन्छ।
ऐभोकाडो
ऐभोकाडो शरीरमा रगत प्रवाह ठिक राख्नको लागि राम्रो हुन्छ। ऐभोकाडोले हृदय रोगबाट पनि बचाउँछ। ऐभोकाडोलाई सुपरफूड पनि भनिन्छ। ओमेगा-३ फ्याट्टी एसिडको मात्रा ऐभोकाडोमा प्रशस्त हुन्छ। ओमेगा फ्याट्टी एसिडको मात्रा ऐभोकाडोमा जनावरहरूमा भन्दा बढि हुन्छ। तसर्थ, शाकाहारीलाई ऐभोकाडो खाने सल्लाह दिइन्छ। ऐभोकाडो र अनार धेरै रोगहरूमा फाइदाजनक हुन्छ।
प्याज
प्याजमा धेरै एन्टिअक्सिडेन्टहरू पाइन्छन्। यी एन्टिअक्सीडेन्टहरूले धमनीहरू बन्द हुनबाट रोक्छन्। प्रत्येक दिन ४ ग्राम प्याज खायो भने शरीरमा रक्त संचार सहि रहन्छ।
टमाटर
ए.सी.इ एन्जाइमले धमनीमा जाम गर्छ र यो इन्जाइमलाई टमाटरले रोक्छ। टमाटरले रक्त संचार पनि ठिक गर्छ। टमाटर पत्थरका बिरामी बाहेक अरू सबैका लागि लाभदायक हुन्छ।