साउन – १० । नेपाल भारत सीमा क्षेत्रमा पटक-पटक झडप भईरहन्छ । त्यस्तै शनिबार नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ ।
२०७६ चैत १० गते देखि बन्द भएको सीमा नाकाबाट भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलले उनीहरुलाई रोक्न खोजेका थिए तर उनीहरुले सुरक्षाकर्मी माथि नै हातपात गरेका छन् ।
झडपका क्रममा एक महिलाले आफूले बोकेको हसिया प्र-हार गर्दा सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् । घटनामा संलग्न भारतीय नागरिकलाई पक्राउ गरी प्रहरी चौकी, नरकटियामा राखिएको छ । अहिले सीमा क्षेत्रको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

