गृहले भन्यो – ‘मास्क नलगाउनेलाई नछाड्नु’

काठमाडौँ – गृह मन्त्रालयले मास्क नलगाउनेविरुद्ध मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन आफू मातहतका निकायहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले आइतबार आफू मातहतका निकायलाई निर्देशनात्मक परिपत्र पठाएर मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन हो।

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनेको छ। साथै गृहले यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्नपनि निर्देशन दिएको छ।

सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेसँगै जनस्तरबाट लापरवाही भएको र त्यसले कोरोना संक्रमणको जोखिम बढाएको भन्दै गृहले यस्तो निर्देशन दिएको बुझिएको छ।

परिपत्र मार्फत मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू भन्ने निर्देशन दिइएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताएका छन्।

यस अगाडी गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको थियो। मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी पक्राउ गर्न गृहले निर्देशन दिएपनि उक्त निर्देशन कडाईका साथ लागू भएको थिएन।

यस एन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १००।– सम्म जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ भने यस संक्रमण रोक्न खटिएका अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु. ६००।– सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

प्रकाशित : आइतबार, साउन ११, २०७७०९:३६

नेपालका संक्रमितमा लक्षण देखिन थाल्यो, काठमाडौँका धेरै संक्रमित पनि लक्षणसहितका !