एजेन्सी – सामाजिक संजालमा केहि महिना देखि एक पाकिस्तानी बालक छाइरहेका छन्।
“पिछे देखो देखो” भन्ने एक मोटा-घाटा पाकिस्तानी बालकको भिडियो सामाजिक संजालमा देखा पर्ने बितिकै भाइरल हुने गरेको छ। यहि कारणले गर्दै यी बच्चा एक प्रकारले स्टार नै बनेका छन्।
“पिछे देखो” भन्दै सामाजिक संजालमा देखा पर्ने यी बालक अहमद शाह हुन्। यी बालक पाकिस्तानी पठानी हुन्। उमेरले मात्रै ४ वर्षका भए पनि गफमा अहमद माहिर छन्।
गफ बनाउन र बहाना बनाउन माहिर भएकै कारण अहमदका भिडियो भाइरल भैरहेका छन्। टिकटक, फेसबुक देखि युट्युबसम्म यी बालकका भिडियोहरु देख्न पाइन्छ।
पाकिस्तानमा अहमदलाई अहिले विज्ञापन खेलेर भ्याई-नभ्याई भएको छ। अहमद कयौं ब्राण्डहरुसँग जोडिइसकेका छन्। हालसालै उनलाई एक तेल कम्पनिको विज्ञापनमा देखिएको छ।
यस भन्दा केहि समय अगाडी मात्रै उनले फ्रूट ड्रिंकको विज्ञापनमा पनि काम गरेया थिए। अहमदले काम अघिल्लो महिना मात्रै अहमत एक पाकिस्तानी दुध कम्पनिको ब्राण्ड एम्ब्रेसडर छानिएका थिए।
यसरी विभिन्न विज्ञापनमा देखिँदै, विभिन्न ब्राण्डसँग जोडिंदै अहमद सानै उमेरमा पनि राम्रो कमाइ गर्दैछन्। अहमद अहिले यति ठूलो स्टार बनिसकेकी उनलाई आफ्नो टेलिभिजनमा बोलाउन लाखौ-करोडौं तिर्न पनि तयार छन्।