लुकीछुपी भित्रिने क्रम रोक्न सीमानाकामा थप कडाई !

जनकपुर – मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना सङ्क्रमित फेला पर्न थालेकाले सीमानाकामा थप कडाइ गर्न निर्देशन दिए।

प्रदेश नं २ को सीमावर्ती जिल्लामा लुकीछुपी भित्रिने गरिएको उल्लेख गर्नुहुँदै उनले तीनवटै सुरक्षा निकायलाई सीमानाकामा थप कडा गर्नुपर्ने बताए। बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना सङ्क्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग सुझावसमेत लिएको मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी गराए।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारबाट भए÷गरेको कामकाजको प्रगतिबारे जानकारी लिनुहुँदै मुख्यमन्त्री राउतले रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिए। सो बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलसहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु र सुरक्षा निकायका प्रमुखहरु उपस्थिति रहेको थियो ।

प्रकाशित : आइतबार, साउन ११, २०७७१४:५३

फेरी सक्रिय हुँदै मनसुन: भोलि साँझदेखि देशभर व्यापक पानी पर्ने !