मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन तपाईको आनन्दपुर्वक रहने देखिन्छ। तपाईलाई निर्यात-आयात सम्बन्धी कार्यमा सफलता मिल्न सक्ला भने तपाईलाई घर-जग्गा सम्बन्धी कार्यमा समेत लाभ मिल्न खासै गार्हो नहोला। अध्ययनमा मान जानेछ। सामाजिक कार्यमा सफलता मिल्नाले तपाईमा कान्ति समेत बढेर जाने देखिन्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दिन तपाईको लागि मध्यम फलदायी रहन सक्ला। तपाईलाई आर्थिक समस्याले सताउन सक्ने देखिन्छ भने तपाईको परिवारमा सम्बन्ध बिग्रन सक्ने हुँदा सजक रहनु पर्ने देखिन्छ। तर तपाईलाई तपाईको स्वास्थ्यले भने साथ दिन सक्ला। तपाईको यात्रा सफल रहन सक्ला तर बोलीमा भने नियन्त्रण राख्नु होला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिन तपाईको संवेदनशीलताले भरिपूर्ण हुने देखिन्छ। धेरै बोल्दा समस्या आउन सक्ला भने केही विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ने अवस्था पनि नआउला भन्न सकिंदैन। तपाई प्रेमको मामलामा धेरै भावूक हुनुहुनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्ने हुँदा संयम रहनु होला। भौतिक सुखको लागि मात्र नभई धार्मिक कार्यको लागि पनि खर्च बढ्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईमा आत्मविश्वास बढेर जाने देखिन्छ भने तपाईको शरीरमा पनि उर्जा बढेको महसुस हुन सक्ला। साझेदारीबाट आर्थिक लाभ मिल्न सक्ला। नयाँ तथा रचनात्मक काममा जुट्ने अवसर मिल्न सक्ला। दिन कलाकारहरुको लागि धेरै शुभ देखिन्छ। कानुनी रुपमा रहेका समस्या देखि मुक्ति दिलाउनको लागि मित्रले सहयोग गर्नेछन्। प्रयत्न गर्दा आयस्रोत बढ्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईको यश, कीर्ति र सफलता बढ्नेछ। साथै भावना र व्यवहारमा मेल नहुँदा भने दुख मिल्न सक्ला। यात्रा गर्दा संयम रहनु पर्ने देखिन्छ। धेरै समय भेट नभएका व्यक्तिसंग भाते हुँदा मन आनन्दित रहन सक्ला। काममा साथीले सहयोग गर्नेछन्। पैसा उचित काममा खर्च गरिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईलाई भिन्न-भिन्न लाभ मिल्ने देखिन्छ भने अचल सम्पतिको जोहो हुन सक्ला। गृहस्थ जीवनमा सबैको साथ मिल्नेछ भने प्रेम जीवन पनि सफल हुन सक्ला। अध्ययनमा पनि सफलता मिल्ने देखिन्छ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउने देखिन्छ। तर तपाईलाई मानसिक चिन्ताले भने सताउन सक्ला। नजिकका साथीभाइसँग असमझदारी पनि बढ्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ कार्य थालनीको लागि दिन धेरैशुभ रहेको छ। तपाईको कार्यक्षेत्र साथै कार्यालयमा तपाई अनुरुप समय बित्ने देखिन्छ। तपाईको समाज,परिवार साथै कार्य स्थलमा परिस्थिति अनुकूल रहने देखिन्छ भने तपाईलाई आर्थिक लाभ दिलाउनमा परिवारको ठुलै हात रहन सक्ला। तपाईलाई विदेशबाट शुभ समाचार समेत मिल्ने देखिन्छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईको ठुली व्यक्तिहरुसंग हुने मतभेदका कारण आर्थिक घाटा पुग्ने देखिन्छ। अत्यधिक सोचको कारण मानसिक विकारको अनुभव गर्नुहुनेछ। पेटमा समस्याहरु आउने देखिन्छ। विद्यार्थीहरूको लागि लाभदायक दिन हो। समय यात्राको लागि उपयुक्त छैन। मान्-सम्मानमा ध्यान दिनुहोला । बोलीमा नियन्त्रण राख्नु होला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईमा आध्यात्मिकता बढेर जाने देखिन्छ। कुनै नयाँ कार्य सुरुवात गर्ने सोचमा हुनुहुन्छ भने नै सुरु गर्नुहोस् किन कि समय तपाईंको लागि निकैनै अनुकुल छ। सरकारी लाभ हुने पनि सम्भावना देखिन्छ। व्यापार व्यावसायमा पनि निकै लाभ हुने योग छ। तपाईंको बिचारमा पनि छिट्टै परिवर्तन आउनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
जिद्दीपनाको कारण दुख पाउनुहुने देखिन्छ। आफूमा नकारात्मक हावी नहोस् भन्नेको लागि तपाईले सजकता अपनाउनु पर्ने देखिन्छ। तपाईको मन चिन्ता साथै व्यग्रताले गर्दा धेरै विछिप्त रहन सक्ला। तपाईको परिवारको स्वास्थ्यको कारण खर्च बढेर जाने देखिन्छ। नाम र दामका लागि गरिएको खर्च व्यर्थ हुने देखिन्छ। बेसुरमा दिएको वचनले समस्या नित्यानेछ भने लज्जाबोध पनि हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन तपाईको लागि मिश्रित फलदायी हुने देखिन्छ। तपाईलाई आलस्य, थकान, अशक्तिले सताउन सक्ला भने तपाईको परिवारमा पनि कलह बढेर जाने देखिन्छ। यात्रा गर्दा सवारी देखि सावधान रहनु पर्न सक्ला। तर आर्थिक रुपमा भने शुभ रहने देखिन्छ। दिन खेलाडीहरुको लागि समेत शुभ बित्नेछ। सुन्दर पहिरन प्राप्त हुन सक्ला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईलाई मुद्दा मामिलाले सताउने देखिन्छ। तपाईले आफ्नो बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ भने तपाईको बोलीको गलत अर्थ लग्न सक्ने देखिन्छ। स्वास्थ्यको हेरचाह गर्नु होला। जागिर व्यवसायको क्षेत्रमा बाधा आउने दिनमा निर्धारित कार्य तालिका पूरा गर्न गाह्रो पर्ने देखिन्छ। साथै यात्रा नगर्नु होला।