जीवनका हरेक मोडमा आवश्यक पर्छन् यी ३ मानिस !

हामीलाई हाम्रो जीवन खुशी र सुखी रहेर बाच्नको लागि कसैको जिन्दगीभरको साथको आवश्यक हुन्छ| साथीभाई,आफन्तज; यिनीहरु बिना हाम्रो जीवन अधुरो रहन्छ| तर यिनिहरुले हाम्रो साथ त्यति बेलासम्म मात्र दिन्छन्, जति समयसम्म हामी माथि विश्वास गर्छन्| तर जीवनमा सफल,खुशी र सुखी रहन हामीलाई विशेष गरि तीन व्यक्तिको निकै आवश्यक हुन्छ|

आत्मीय व्यक्ति 

आत्मीय व्यक्ति भनेको पति-पत्नी, प्रेमिका वा प्रेमी नै हुनपर्छ भन्ने हैन। आत्मीय व्यक्ति भनेको यस्तो व्यक्ति हो जसको अगाडि तपाईंलाई कुनै पनि प्रकारको देखावा गर्नु पर्दैन। तपाईं जस्तो हुनुहुन्छ आत्मीय व्यक्तिले तपाईंलाई त्यस्तै मन पराउछन्|  तपाईंको हरेक सुख, दुख वा कुनै समस्या परेको अवस्थामा आत्मीय साथी सधैं तपाईंसँग हुन्छ।

अभिभावक 

अभिभावकको अर्थ माता-पिता, गुरु हो| उहाँहरु यस्ता व्यक्ति हुन् जसले हामीलाई सधैँ अगाडि बढ्न प्रेरणा दिनुहुन्छ। उहाँहरूको प्रतिक्रियाहरू र आलोचनाहरू तपाईंका लागि धेरै लाभदायक साबित हुन्छन् र उहाँहरु तपाईसँग सँधै इमान्दार रहनुहुन्छ।

ऐना जस्ता व्यक्ति 

यी व्यक्ति जो तपाईंको बारेमा सधैं सत्य बोल्छन्| यी व्यक्ति तपाईंको ऐना जस्तै हुन्छन् जो तपाईंसँग केहि पनि लुकाउँदैनन्, सबै सत्य कुरा बताउँछन्| यी मानिसलाई यो कुराको चिन्ता हुँदैन कि यसले तपाईंको भावनामा ठेस पुग्छ वा तपाईं दुखी हुनुहुन्छ| यिनीहरु तपाईंलाई खुशी पार्नको लागि झुटो बोल्दैनन् तर साँचो कुरा गरेर सधैँ तपाईंको व्यक्तित्व सुधार गर्ने बारेमा सोच्छन्|

प्रकाशित : सोमबार, साउन १२, २०७७१४:०४

शल्यक्रिया गर्दा बिरामीको पेटबाट निस्कियो यस्तो चिज डाक्टर समेत चकित !