“नेपालीलाई मोतिविन्दु लागेछ, सरकारको काम देख्न छाडे” – स्वास्थ्यमन्त्री

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाली संस्कारमा मोतिविन्दु लागेको बताएका छन्।

सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री ढकालले सरकारको काम नदेख्‍ने नेपालीलाई मोतिविन्दु लागेको बताएका हुन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१ औँ वार्षिकोत्सवका अवसरमा ‘वीर अस्पताल स्मारिका’ विमोचन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुुभक्त ढकाल । तस्वीर ः चन्द्रकला क्षेत्री÷रासस

सरकारले कोरोना भाइरस संक्रमणको लागि सरकारले गरेका कुनै पनि काम विदेशीहरुले देखेको भएपनि नेपाली संस्कारमा मोतिविन्दु लागेको कारण नदेखेको आरोप लगाए।

विदेशमा बस्ने नेपालीका साथ-साथै स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने उनको अनुमान छ।

“मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ कि जस्तो अनुभूति मैले गर्ने गरेको छु ।”,मन्त्री ढकालले भने।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१औँ वार्षिकोत्सवको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुुभक्त ढकाल । तस्वीर ः चन्द्रकला क्षेत्री÷रासस

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या उच्च रहेको अवस्थामा सरकारको प्रयासका कारण नेपालमा भने शून्य दशमलव २ प्रतिशत भन्दा कममै रोकिएको उनले दावी गरे। भारत भन्दा अगाडी कोरोना भाइरस संक्रमण देखिएपनि नेपालमा सरकारकै कारण कोरोना भाइरस संक्रमण नियन्त्रण रहेको उनको भनाई छ।

नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एशिया मै राम्रो रहेको मन्त्री ढकालले दाबि गरे। सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एकपटक वीर अस्पताल आउनुपर्ने उनको भनाई छ।

प्रकाशित : सोमबार, साउन १२, २०७७११:४९

नेपालमा कोरोनाको सङ्क्रमण जटिल बन्दै, संक्रमितमा देखिन थाले गम्भीर समस्या !