काठमाडौ । बलिउडमा यस्ता केही जोडीहरु रहेका छन् ।जहा श्रीमान भन्दा श्रीमती निकै नै चर्चामा रहेका छन् । किनभने यी अभिनेत्रीहरुको श्रीमानहरु ब्यवसायमा लागेका छन् । भने श्रीमतीहरु कलाकारितामा छन् । त्यसैले ती अभिनेत्रीहरुलाई सबैले चिन्छन् तर उनीहरुको श्रीमानलाई कसैले चिन्दैन् । जसको नाम तपाईलाई पनि थाहा छैन् । हेर्नुस् को को हुन् ?
सुरुवातमा नायिका दिया शर्मा र साहिल सांघाको जोडी , उनीहरु दुई मध्ये दिया बलिउडमा निकै चर्चित नायिका हो । भने उनको श्रीमान साहिल भने एक बिसनेसम्यान हो । तर उनलाई कसैले चिन्दैन् भने दियालाई देश विदेशमा रहेका धेरै मानिसहरुले चिन्दछन् ।
दोस्रोमा अनिल थडानी र रवीना टन्डनको जोडी नि त्यस्तै रहेको छ । जसमध्ये रविना आफ्नो अभिनयको कारण पुरै देश विदेशमै परिचित छिन् । भने उनको श्रीमानलाई कसैले चिन्दैन् ।
तेस्रोमा चर्चित जोडी मोहसिन अख्तर मीर र उर्मिला मातोन्डर रहेका छन् । उनीहरु मध्ये उर्मिला मातोन्डर बलिउडमा निकै चर्चित नाम हो । किनभने उनी रंगीला गर्ल’ को नामल परिचित छिन् । भने उनको श्रीमान मोडेल भएपनि त्यति चर्चामा छैनन् ।
चौथोमा प्रीती जिन्टा र जेने गुडइनफ पनि त्यस्तै जोडी हो । किनभने जिनेको श्रीमती जिन्टा बलिउडमा एक डिम्पल गर्लले परिचित छिन् । भने उनको श्रीमानलाई कमै मात्र मानिसहरुले चिन्छन् ।
पाचौमा बलिउडकी चर्चित अभिनेत्री माधुरी दिक्षितले पनि डा. राम माधव नेनसगँ विवाह गरेकी थिइन् । माधुरी पनि उनको श्रीमानमा भन्दा धेरै नै चर्चाको शिखरमा छिन् । भने डक्टर भने आफ्नै पेसामा मात्र परिचित छन् ।
छैटो जोडी हो , बलिउडको चर्चित नायिका शिल्पा शेट्टी र राज कुन्द्रा , उनीहरुमध्ये पनि विजनेसम्यान कुन्द्रालाई सिमित मान्छेहरुले मात्रै चिन्दछन् । भने अभिनेत्री शिल्पालाई लाखौ , करोडौ मानिसहरुले चिन्दछन् ।
त्यस्तै अर्को चिर परिचित जोडी ऐश्वर्या राय बच्चन र अभिषेक रहेका छन् । उनीहरुको पनि अरुको जस्तै अभिषेक भन्दा ऐश्वर्या धेरै गुणा सफल र लोकप्रिय छिन् ।
अर्कोमा बलिउडका करन सिंह ग्रोवर भन्दा उनको श्रीमती विपाशा वाशु निकै चर्चित छिन् । तर करण पनि टेलिभिजन क्षेत्रमा परिचित नामै भएपनि विपाशाको जति लोकप्रियता छैन ।
त्यस्तै जूही चावला र जय मेहता पनि बलिउडमा त्यस्तै कलाकार हुन् । जसकाे पति भन्दा पत्नी निकै लोकप्रिय छिन् ।