‘के-के जाति भाइरसले माइत आउन पाइन’ भन्दै अमृता लुङ्गेली मगर र सुमित्रा कोईराला ! [भिडियो]

काठमाडौँ – हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाडको रुपमा रहेको तीज नजिकिँदै छ। तीज नजिकिएपनि पहिलाका वर्षहरु जस्तो तीजको रौनक यस वर्ष छैन। कोरोना भाइरस संक्रमणका कारण यस वर्ष तीज फरक तरिकाबाट मनाउनु पर्ने भएको छ।

कोरोना भाइरस संक्रमणका कारण धेरै चेलीहरु यस पटक माइती जान पाउने छैनन् भने अन्य वर्षहरु भन्दा फरक तरिकाबाट तीज मनाउन बाध्य हुनेछन्।

यसै बीच कोरोना संक्रमणका कारण माइत जान नपाएका चेलीका यी र यस्ता समस्या समेटेर तयार पारिएको ‘चट्टै माया फरर’ बोलको तीज गीत सार्वजनिक भएको छ।

अमृता लुङ्गेली मगर र सुमित्रा कोईरालाको स्वरमा रहेको उक्त गीत युट्युब मार्फत सार्वजनिक भएको हो। गीतको लेखन तथा रचना गायिका सुमित्रा कोईरालाको छ भने म्युजिक भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका छन्।

पछिल्लो समय तीजका गीतहरुको नाममा बिकृति बढिरहेका बेला मौलिक संस्कृति झल्काउने भिडियो सहित सार्वजनिक भएको ‘चट्टै माया फरर’लाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिरहेका छन्।

प्रकाशित : सोमबार, साउन १२, २०७७१५:४३

सुशान्तका बुवाले सुशान्तकी प्रेमिका रीया विरुद्ध दिए उजुरी, लगाए यस्ता आरोप !