बदलिदो जीवनशैलीका कारण मानिसहरुका शरीरमा फ्याटको स्तर बढ्दै गएको छ। यस बोसोले शरीरलाई ठूलो नोक्सान पुर्याउने थुप्रै रोगहरू निम्त्याउँछ। अधिक बोसोले मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धी रोगहरूको जोखिम बढाउँदछ। दुबै पुरुष र महिलाहरूमा पेट तथा लम्मर वरिपरी बोसो बढ्ने समस्या धेरै देखिन थालेको छ। कम्मर वरिपरिको बोसो स्वास्थ्य को लागि धेरै खतरनाक मानिन्छ। यदि यो सहि समयमा नियन्त्रण गरिएन भने शरीरका धेरै अंगलाई प्रभावित गर्न सक्छ। यस प्रकार बोसो कम गर्न कुनै चमत्कारिक तरीका चाहिंदैन, किनकि यो जति चाँडो जम्मा हुन्छ, त्यति नै चाँडो कम गर्न सकिन्छ।
व्यायाम र सन्तुलित आहार यसको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो, तर केहि तरिकाहरू छन् जसले गर्दा छोटो समयमा आफ्नो बोसो कम गर्न सकिन्छ।
एप्पल साइडर भेनेगर
एक गिलास पानीमा १-२ चम्मच एप्पल साइडर भेनेगर मिसाएर यसलाई खाना खानु अघि पिउँदा पेट र कम्मरमा जम्मा भएको बोसो कम गर्न मद्दत गर्छ। खानु भन्दा पहिले यसलाई पिउँदा हाम्रो शरीरको चिनीको मात्रा पनि सन्तुलित हुन्छ जसले भोक कम गर्छ।
लसुन
लसुन थुप्रै रोगहरूका लागि फाइदाजनक छ। काँचो लसुन खानाले शरीरमा रहेको बोसो कम त गर्छ नै साथै यसले खराब कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छ। एक कप तातो पानीमा एउटा कागतीको रस राखेर त्यसमा लसुनको ३ पोटी मिलाउनुहोस्। बिहान खाली पेटमा यो पानी पिउनुहोस् र तीन लसुनका पोटी पनि खानुहोस्। प्रत्येक दिन यो गर्नाले, तपाईंले चाँडै आफ्नो पेट वरिपरि जम्मा भएको बोसोबाट छुटकारा पाउनुहुनेछ।
कागतीको रस
ताजा कागतीको रसले शरीरमा मेटाबोलिजम बढाउँछ र साथसाथै अतिरिक्त बोसो पनि कम गर्छ। यसले पाचन प्रणली पनि मजबूत बनाउँछ। एक गिलास तातो पानीमा एउटा कागतीको रस र एक चम्चा मह मिलाउनुहोस् र खाली पेटमा पिउनुहोस्। यसले तपाईंको शरीरमा रहेको अतिरिक्त बोसो घटाउन मद्दत गर्छ।
दालचिनी
दालचीनीले शरीरमा संकलित बोसो कम गर्छ। आधा चम्चा दालचीनी पाउडर एक कप चिसो पानीमा एक चम्चा महको साथ मिलाउनुहोस्। २ मिनेट पछि यसलाई पिउनुहोस्। यसले शरीरको बोसो कम गर्न मद्दत गर्छ|
तर्बुजा
तर्बुजामा प्रशस्त रूपमा भिटामिनहरू पाइन्छ। यसले कम क्यालोरी र अधिक पानी समावेश गर्छ। यो खाँदा पेट भरिएको महशुस हुन्छ र व्यक्तिलाई भोक कम लाग्छ। यसमा भिटामिन सी को मात्रा अत्याधिक हुन्छ जुन छाला र शरीरको दुबैको लागि राम्रो मानिन्छ।
ग्रीन टी
ग्रीन टीले वजन घटाउन सहयोग गर्छ। यसमा रहेका तत्त्वहरूले शरीरबाट अतिरिक्त बोसो हटाउँछन्। यसमा धेरै एन्टिक्सीडेन्टहरू हुन्छन् जसले बोसो कम गर्न मद्दत गर्छ। एक कप तातो पानीमा ग्रीन टी राख्नुहोस् र ५ मिनेटको लागि छोड्नुहोस्, त्यसपछि एउटा कागतीको रस र एक चम्चा मह मिलाउनुहोस्। दिनमा ग्रीन टी २ पटक पिउँदा निकै फाइदा हुन्छ।
बन्दा
बन्दा बोसो कम गर्नका लागि धेरै उपयोगी छ। धेरै थोरै व्यक्तिलाई यो थाहा छ तर यसले पेटको बोसो कम गर्न मद्दत गर्छ। बन्दामा यस्ता तत्वहरू हुन्छ जसले शरीरबाट विषाक्त तत्वहरू हटाउँछ, जसको कारणले शरीरमा बोसो जम्मा हुन पाउँदैन।