मानिस हेर्दा जिउडाल चटक्क मिलेको अनि अनुहार पनि चम्किलो छ तर मुसुक्क हाँस्ने बेला दाँत बिग्रेको छ भने त्यो सुन्दरताको पनि खासै अर्थ नहुन सक्छ । चिकित्सकको सहयोगमा बिग्रेका दाँत बनाए पनि निकट भविष्यमा त्यस्तो दाँत कमजोर पनि हुन सक्छ । हुन त खानपानको आधारमा पनि दाँतको आकार प्रकार परिवर्तन हुने गर्दछ । बिभिन्न गलत बानीकै कारण पनि दाँत बिग्रने समस्या देखा पर्न थाल्छ । यस्तो अवस्थामा सम्यम भएर दाँतको हेरचाह गर्नु नै बुद्धीमानि हुन जान्छ। आज हामी तपाईहरुलाई दाँतमा आउने विभिन्न समस्याहरुबाट मुक्ति मिल्ने केही घरेलू तरिकाहरु बारे बताउन जाँदै छौँ।
१. अनार : अनारको फल भन्दा बढी यसको फूल फाइदाजनक रहने गर्छ। अनारको फूललाई घाममा सुकाएर पाउडर बनाउन सकिन्छ जसलाई दाँत माझ्ने मन्जनको रुपमा पनि प्रयोग गर्न सकिन्छ भने यसले दाँतलाई बलियो र चम्किलो बनाउने काम गर्छ।
२: मेथी : अधिक चिसो वा तातो पानीले दाँत कमजोर बनाउन सक्ने हुँदा यसबाट बच्नका लागि तातो पानीमा मेथी उमाली यसलाई मनतातो गरि कुल्ला गर्दा दाँत बलियो र विभिन्न किटाणुको संक्रमणबाट बच्न सकिन्छ।
३: बदम : बदम राम्रोसँग चपाएर खाँदा दाँतलाई मजबुद बनाउने काम गर्छ। यसका साथै दाँतमा लाग्न सक्ने विभिन्न किराको संक्रमणबाट बच्नका लागि यसको मन्जन बनाएर समेत प्रयोग गर्न सकिन्छ।
४: तोरीको तेल : यदि तपाईलाई दाँत गिजा दुख्ने वा सुनिने समस्या छ भने तोरीको तेल प्रयोग गरि सजिलै छुटकारा पाउन सकिन्छ। यसको लागि तोरीको तेलमा थोरै नुन मिसाएर दाँतको गिजामा लगाऊँदा उक्त समस्याबाट मुक्ति मिल्ने गर्छ।