एजेन्सी – कतिपय महिलाहरु प्रेग्नेन्सी टेस्ट गर्नजान लजाउने खालका हुन्छन् । महिलाहरु गर्भवती भए नभएको थाहा पाउनको लागि प्रेग्नेन्सी किटको प्रयोग गर्ने गर्छन् । तर महिलाका लागि आवश्यक प्रेग्नेन्सी टेस्ट गर्न घरेलु तथा प्राकृतिक तरिकालाई पनि अपनाउन सकिन्छ । जस्ले गर्दा तपाईंलाई मेडिकलसम्म गईराख्नुपर्ने झन्झट हुदैंन । प्रेग्नेन्सी टेस्टका घरेलु तरिका निम्नानुुसार छन् ।
दैनिक जीवनमा प्रयोग गरिने टुथपेस्ट सबैको घरमा पाईन्छ । यौनसम्पर्क गरिसकेपछि महिलाले टुथपेस्टको मद्धतबाट गर्भवती भए नभएको पत्ता लगाउन सक्छन् । यसको लागि महिलाले थोरै टुथपेस्टमा आफ्नो पिशाबलाई मिसाउनुपर्ने हुन्छ । यदि पेस्ट नीलो रंगमा परिणत भएमा तपाईंको गर्भ रहने सम्भावना छ भन्ने पत्ता लगाउन सकिन्छ । त्यसैगरी चीनीको मद्धतले पनि गर्भवती जाँच गर्न सकिन्छ । चिनीमा महिलाको पिशाबलाई मिसाउँदा घुलेमा टेस्ट नेगेटिभ भएको र चिनी गुच्छा भएमा गर्भवती भएको सम्भावनाको संकेत गर्छ। यसरी विभिन्न तरिकाबाट आफ्नो गर्भ बसे नबसेको जाँच गरिसकेपछी गर्भवती महिलाहरुले आफ्नो सन्तानको बारेमा सोच्ने गर्छन। सबैलाई आफ्नो सन्तान सुन्दर ,चलाख र सन्तोकी होस् भन्ने इच्छा चाहना हुने गर्छ। आज हामी तपाईहरुलाई महिलाले आफ्नो सन्तान सुन्दर बनाउनको लागि गर्भवती अवस्थामा खानुपर्ने चिजहरुको बारेमा बताउन जाँदै छौँ।
अंगूर: गर्भवती महिलाले अंगुर खाने गर्दा बच्चा गोरो हुन्छ तर अंगुर धेरै खानु भने हुँदैन। यसबाट प्राप्त हुने भिटामिन “सि”ले गर्भमा भएको बच्चाको रंग सफा गर्ने काम गर्छ।
दूध : हरेक महिलाले गर्भअवस्थामा अधिक मात्रामा दूध पिउने गर्नुपर्छ। यसरी दैनिकै दूध पिउने गर्दा गर्भमा रहेको सन्तानको रंग सफा र गोरो हुने गर्छ। यसबाट प्राप्त हुने प्रोटिन र क्याल्सियमको मात्राले गर्भमा रहेको बच्चाको शारिरिक विकासमा मद्धत पुर्याउछ।
नरिवल : काँचो नरिवलको रस र नरिवल दुवैले गर्भवती महिलाको स्वास्थ्यमा ठूलो फाइदा पुर्याउने गर्छ। गर्भवती महिलाले यी दुवै केही मात्रामा खाने गर्दा पेटमा बच्चाको रंग सफा हुने गर्छ।