खोकी लागिरहन्छ ? के तपाईलाई फोक्सोमा क्यान्सर भएको त छैन : यस्ता छन् कारण

जब फोक्सोको भित्री भागमा रहेका कोषहरूको जीनमा म्युटेसन भएर खराबी आउँछ, फोक्सोका कोषहरू अनियन्त्रित रूपमा बढ्छन् । उक्त नकारत्मक तरिकाले वृद्धि हुनुलाई फोक्सोमा क्यान्सर भएको हुन सक्छ ।

फोक्सोको क्यान्सर प्राय: छोरा मान्छेमा देखिने गर्छ । कुल क्यान्सरका रोगीमध्ये १५ देखि २० प्रतिशत फोक्सोको क्यान्सरका बिरामी छन् । फोक्सो क्यान्सरको प्रमुख कारण धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपजबाट हुने गर्छ ।

फोक्सोको क्यान्सर दुई प्रकारका हुन्छन्, स्मलसेल र नन स्मलसेल । स्मलसेल करिब १५ प्रतिशतमा हुन्छ भने नन स्मलसेल करिब ८५ प्रतिशतमा । जब शरीरको सामान्य सेल बिग्रिएर अस्वाभाविक रूपमा बढ्न थाल्छ, तब क्यान्सर विस्तार हुन थाल्छ ।

लक्षण

१. निरन्तर खोकी लागिरहने

२. खकारमा रगतको मात्रा देखापर्ने

३. स्वर फरक हुँदै जाने र भासिने

४. सास फेर्न गाह्रो हुने, स्वाँस्वाँ बढ्ने

५. शरीरको तौल बढ्ने

६. क्यान्सर फोक्सोबाट अन्यत्र फैलिए हाड दुख्ने ।

नेपालले धुमपान विरुद्धको अन्तर्राष्ट्रिय सन्धिमा समेत हस्ताक्षर गरेको छ । भुटानले मुलुकलाई सुर्तीमुक्त मुलुक घोषणा ग¥यो । नेपालमा यो चेतना कहिले आउने हो ? नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग घटाउने हो भने कुल क्यान्सर रोगीमध्ये एक तिहाइ नै कम भएर जान्छ । नेपालकै हकमा फोक्सोको क्यान्सरका बिरामीमध्ये करिब ८५ प्रतिशत कमी हुन्छ ।

नेपालमा कुनै आधिकारिक आँकडा नभए पनि केही अस्पताल र उपचारका लागि भारत जाने बिरामीहरूको तथ्यांक हेर्दा आजभन्दा १० वर्षअगाडि ५० हजार क्यान्सरका बिरामी नेपालमा थिए । अहिले करिब ७०÷८० हजार क्यान्सरका रोगी नेपालमा छन् । हरेक वर्षमा २५ देखि ३० हजार क्यान्सरबाट दिवंगत हुने र २० देखि २५ हजार नयाँ बिरामी थपिने अनुमान छ । यो आधारमा हेर्दा फोक्सोका क्यान्सरका बिरामीको संख्या १५ हजारभन्दा बढी भएको अनुमान गर्न सकिन्छ ।

उपचारबाट बचाउन सजिलो हुने स्तनको क्यान्सर नै हो । फोक्सोको क्यान्सरमा बिरामी बाँच्ने सम्भावना नभएकाले पनि उपचारमा तदारुकता देखिन्न ।

स्रोत :- डा. विजेशराज घिमिरे नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिका मेडिकल डाइरेक्टर

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७१२:४६

यी घरेलु तरिकाले पगाल्छ अनावश्यक बोसो !