मातापितालाई नै सर्वोपरि ठान्छन् यी बलिउड नायक, मातापिताले रोजेका युवतीसँग गरे विवाह !

काठमाडौँ : बलिउड फिल्म जगतमा यस्ता धेरै स्टार्स छन् जसले पर्दामा आफ्नो फिल्मकी अभिनेत्री या आफ्नो मनले खाएको युवतीसँग डेट गरी उसैसँग विवाह गर्छन्। अधिकांसले आफ्नो मर्जी अनुसार विवाह गर्छन्। वास्तविक जीवनमा पनि अधिकांस बलिउडकर्मीले आफ्नो रोजाईका युवतीसँग विवाह गर्ने गर्छन्। यस्तोमा उनीहरुले आफ्ना आमाबाबुको रोजाईलाई सर्वोपरि ठान्दैनन्। तर आज हामी केही यस्ता ३ अभिनेताहरुका बारेमा बताउँदै छौं जसले आफ्ना मातापिताको रोजाईका युवतीसँग विवाह गरे र अहिलेसम्म पनि उनीहरुका वैवाहिक जीवनमा सौहार्दता कायम छ।

गोविन्दा :

८०-९० का दशकका लोकप्रिय अभिनेता गोविन्दालाई अहिले कुनै परिचयको खाँचो छैन। गोविन्दाले आफ्नो फिल्मी करियरमा एक्सन, कमेडी र इमोशनल लगायतका सबै प्रकारका फिल्म दिएका छन्। यद्यपि अहिले उनी फिल्ममा कमै देखिन्छन्। तर पनि उनको लोकप्रियतामा कुनै कमी आएको जस्तो देखिदैन। सुपरस्टार गोविन्दाले आफ्नो मातापिताको रोजाईमा परेकी नेपालकी सुनितासँग विवाह गरेका थिए।

विवेक ओबेरोय :

बलिउड अभिनेता विवेक ओबेरोय, प्रसिद्ध अभिनेता सुरेश ओबेरोयका छोरा हुन्। विवेक ओबेरोय सुरुवाती समयमा एक सफल अभिनेताको रुपमा प्रसिद्ध भएका थिए। यद्यपि अहिले उनलाई बलिउडको कमै फिल्ममा मात्र देख्न सकिन्छ। विवेक ओबेरोयले पनि आफ्नो माता-पिताले छानेको प्रियंका अलवासँग विवाह गरेका थिए।

शाहिद कपूर :

बलिउडको चकलेटी ब्वायको रुपमा चिनिएका अभिनेता शाहिद कपूरले थुप्रै सुपरहिट फिल्म दिएका छन्। र अहिले पनि उनी एक खारिएका अभिनेताको रुपमा चिनिन्छन्। फिल्ममा अहिले पनि राम्रो अभिनयको लागि चर्चित छन्। जस्तो कि सन् २०१८ को सुरुमै रिलिज भएको वर्षकै सबैभन्दा बढी कमाई गर्ने फिल्म ‘पद्मावत’ मा उनको शानदार अभिनय थियो। उनले आफ्नो माता-पिताले छानेको केटी मीरा राजपूतसँग सन् २०१५ मा विवाह गरेका थिए। एजेन्सी

प्रकाशित : बुधबार, साउन १४, २०७७१४:१२

क्यामरामा कैद भए बलिउड स्टारका यस्ता हाँस उठ्ने हर्कत, जुन देख्दा हाँसो रोक्न गार्है पर्छ !