“प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त हुँदा कोरोना भुसको आगोझै फैलियो” – गगन थापा

फाइल तस्बिर

काठमाडौँ – पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा आवश्यक कदम चाल्न नसकेको आरोप लगाएका छन्।

शुक्रबार बिहान एक ट्वीट गर्दै थापाले देशमा कोरोना भुसको आगाेझै फैलिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी विवादमै अल्मलिएको आरोप लगाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त रहेको अवस्थामा स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त रहेको थापाको आरोप छ।

“प्रधानमन्त्री केपी शर्मा ओलीज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त !”,थापाले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेखेका छन्। उनले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सरकार अब अति भो भनौं भन्दै अपिल पनि गरेका छन् ।

“भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो !”,थापाको आह्वान छ।

थापा ट्वीटरमा यसो लेख्छन् –

प्रधानमन्त्री केपी शर्मा ओलीज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो !

प्रकाशित : शुक्रबार, साउन १६, २०७७०२:१६

कार्यालय जानेक्रममा बसले स्कुटरलाई ठक्कर दियो, प्रहरी हबल्दारको मृत्यु !