“संक्रमितको विवरण पारदर्शी होस्, संक्रमित बसिरहेकै ठेगाना उल्लेख गरियोस्”

काठमाडौँ – स्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले संक्रमितको विवरण पारदर्शी बनाउन माग गरेका छन्। स्वास्थ्य मन्त्रालयले संक्रमितको विवरण दिँदा संक्रमितको स्थायी ठेगाना भन्ने गरेको र त्यसले कुनै अर्थ नराख्ने भन्दै संक्रमितको विवरण पारदर्शी बनाउन माग गरेका हुन्। संक्रमित जहाँ बसेको हो त्यहिंको विवरण नदिएर स्वास्थ्य मन्त्रालयले जनताको स्वास्थ्य माथि खेलवाड गर्न नहुने उनको भनाई छ।

“स्वास्थ्य मन्त्रालयले संक्रमितको विवरण दिंदा पारदर्शी नभएको आमजनताको बुझाइ छ। विवरण दिँदा स्थायी ठेगाना भन्नुको कुनै अर्थ छैन, जुन व्यक्ति जहाँ बसेको छ, त्यहि ठाउँको ठेगाना उल्लेख गर्नुपर्दछ । उदाहरणका लागि काठमाडौंमा ब्यापार गरेको पर्साको व्यक्तिलाई पर्साको विवरणमा किन राख्ने ? काठमाडौं महाबौद्ध बस्ने बर्ष …को भन्यो भने त्यो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन थप प्रेरित गर्दछ । त्यस्तै काठमाडौंमा ५३ जना भनेर अपुरो सुचना दिंदा आम जनतामा द्विविधा भएको छ ।”,उनले फेसबुकमा लेखेका छन्।

अमेरिका, युरोप, भारत लगायत देशले जसरी पारदर्शी ढंगले संक्रमितको संख्या, गम्भीर व्यक्तिको संख्या तथा मृतकको संख्या स्पष्टसँग सार्वजनिक गर्ने गरेको भन्दै पाण्डेले नेपालमा पनि त्यस्तै हुनुपर्ने बताएका छन्।

फेसबुकमा उनी लेख्छन् –

संक्रमितको विवरण पारदर्शी होस्

स्वास्थ्य मन्त्रालयले संक्रमितको विवरण दिंदा पारदर्शी नभएको आमजनताको बुझाइ छ। विवरण दिंदा स्थायी ठेगाना भन्नुको कुनै अर्थ छैन, जुन व्यक्ति जहाँ बसेको छ, त्यहि ठाउँको ठेगाना उल्लेख गर्नुपर्दछ । उदाहरणका लागि काठमाडौंमा ब्यापार गरेको पर्साको व्यक्तिलाई पर्साको विवरणमा किन राख्ने ? काठमाडौं महाबौद्ध बस्ने बर्ष …को भन्यो भने त्यो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन थप प्रेरित गर्दछ । त्यस्तै काठमाडौंमा ५३ जना भनेर अपुरो सुचना दिंदा आम जनतामा द्विविधा भएको छ ।

सूचनाको हक स्वास्थ्य मन्त्रालयले उल्लङ्घन गर्नु हुँदैन । ठेगाना लुकाउँदा वा स्थायी ठेगाना भन्दा आम मानिसमा सरकारले संक्रमितको संख्या लुकाएको भन्ने आशंका व्याप्त छ । अमेरिका, युरोप, भारत लगायत देशले जसरी पारदर्शी ढंगले संक्रमितको संख्या, गम्भीर व्यक्तिको संख्या तथा मृतकको संख्या उल्लेख गरेका छन्, हामीले त्यहि गर्नुपर्छ ।

परीक्षण नगरेको ठाउँमा गरेको भन्ने भनाइ आएको छ । जिम्मेवार पदमा बसेका व्यक्तिले आधिकारिक कुरा मात्र बोल्नुपर्छ, जनतालाई झुठो कुरा गर्नु, सुचना अपुरो दिनु वा अन्यथा दिनुलाई पनि अख्तियारी दुरुपयोग गरेको मानिन्छ । त्यस्तै सुचनाको अधिकार हनन गरेको पनि मानिन्छ । सरकारले सहि विवरण, पारदर्शी विवरण तथा यथार्थ जानकारी दिने काम गरोस् । त्यस्तै आदरणीय पत्रकारहरुले सहि र पुरा समाचार आधिकारिक निकायबाट संकलन गरेर सुचित गर्नुहुन अनुरोध गर्दछु ।

प्रकाशित : शुक्रबार, साउन १६, २०७७०७:०९

एसइईको नतिजा अर्को हप्ता : सोमबार-मंगलबार सम्म आउने पक्का !