एसइईको नतिजा अर्को हप्ता : सोमबार-मंगलबार सम्म आउने पक्का !

काठमाडौँ – एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा अर्को हप्ता आउने भएको छ। एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित गर्न तयारी चलिरहेको र र अर्को हप्ता आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माका अनुसार अहिले नतिजा प्रकाशित गर्ने बारे तयारी तिब्र गतिमा चलिरहेको छ। सोमबार र मंगलबार सम्म नतिजा प्रकाशित हुने उनको भनाई छ। एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशनको कार्य अन्तिम चरणमा रहेको उनले बताए।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण गत वर्षको एसइई परिक्षा स्थगित भएको थियो। जसपश्चात कोरोना जोखिम जारी रहँदा परीक्षा संचालन गर्न नसकिने भन्दै सरकारले यस वर्षको एसइईपरिक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

प्रकाशित : शुक्रबार, साउन १६, २०७७०७:३१

पाटनको आइसियुमा उपचाररत एक संक्रमितको निधन !