मेष राशि

प्रेमको जीवनको मामलामा मेष राशिका लागि यो महिनामा प्रतिकूल रहनेछ। किनभने तेस्रो घरमा राहु, बुध र शुक्रको संयोजनले प्रेम सम्बन्धमा समस्या ल्याउनेछ। यस कारण, आफ्नो प्रेमी भन्दा अन्य मान्छेप्रति रुचि बढ्नेछ, जसले गर्दा प्रेम सम्बन्ध कमजोर बनाउन सक्छ। वैवाहिक जीवनमा पनि केही चुनौतीहरूआउन सक्छ। यस्तो अवस्थामा जीवनसाथी बीच झगडाको स्थिति पनि आउन सक्छ साथै एक-अर्का बीच मतभेद हुनसक्छ।
वृष राशि

यो महिना प्रेमीहरूका लागि अलि प्रतिकूल हुने देखिन्छ, किनभने पाँचौं भावमा मंगल ग्रहको दृष्टि, प्रेमीसँग बहसको मुख्य कारण बन्नेछ। नतिजा स्वरूप, दुबै बिच एक ठूलो भ्रम उत्पन्न हुन सक्छ, जसको प्रभाव तपाइँको सम्बन्ध मा स्पष्ट देखिने छ। वैवाहिक जीवन भने सुखमय रहनेछ, यस महिना आफ्नो जीवनसाथीको सहयोगमा आर्थिक लाभप्राप्त हुने सम्भावना रहेको छ। मानसिक स्फूर्तिको अनुभव हुनेछ।
मिथुन राशि

यस महिना प्रेम जीवनमा, तपाईको पाँचौं घरमा मंगलको प्रभावको कारण तपाईंलाई केहि जिद्दी बनाउनेछ। जसको कारण प्रेम जीवनमा नकरात्मक असर पर्नेछ। यस्तो अवस्थामा आफ्नो प्रेमीलाई सकेसम्म धेरै समय दिन जरूरी हुन्छ।वैवाहिक जीवनमा भने अनुकूल परिणामहरू मिल्नेछ, किनभने सातौं घरमा बृहस्पतिको उपस्थितिले विवाहित जीवनमा खुशी ल्याउनेछ। यद्यपि, राहुको प्रभावका कारण जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ।
कर्कट राशि

प्रेम जीवनको लागि यो महिना अनुकूल रहनेछ। यस समयमा तपाईंको जीवनमा प्रेम र रोमान्स बढ्नेछ। यस समयमा, आफ्नो परिवारलाई पनि आफ्नो प्रेमीको परिचय गर्ने निर्णय गर्न सकिन्छ। वैवाहिक जीवनमा भने मिश्रित परिणामहरू प्राप्त हुनेछ। सातौं घरमा शनिदेवको उपस्थिति तपाईंको विवाहित जीवनमा विवाद उत्पन्न गर्ने मुख्य कारण हुनेछ। यस्तो अवस्थामा अनावश्यक बहस र विवादबाट टाढा रहनु नै उत्तम हुन्छ।
सिंह राशि

यो महिनामा प्रेम जीवनमा धेरै नै उतार-चढाव आउने देखिन्छ। किनभने एकसाथ पाँच ग्रहको प्रभाव तपाईंको पाँचौं घरमा पर्नेछ, जसले प्रेमीसँग झगडा उत्पन्न गराउन सक्छ। यस्तोमा प्रेमीसँग दूरी बढ्नेछ। वैवाहिक जीवनमा भने परिस्थिति सामान्य रहनेछ। विशेष गरी महिनाको पहिलो भाग निकै राम्रो रहनेछ। यस समयमा, जीवनसाथीको भरपूर साथ र सहयोग प्राप्त हुनेछ।
कन्या राशि

प्रेम सम्बन्धको लागि यो महिला प्रतिकूल रहनेछ। प्रेम जीवनमा एक-अर्का प्रति विश्वासको अभाव हुनेछ यस्तोमा, आफ्नो प्रेमीप्रति इमानदार हुन निकै जरूरी हुन्छ। त्यस्तै, वैवाहिक जीवनमा केहि तनाबको स्थिति सिर्जना हुनसक्छ। यो पनि सम्भव छ कि तपाईंको जीवनसाथी र आमा बुबा बीच वाद-विवादको स्थिति सिर्जना हुनसक्छ, जसको प्रभाव वैवाहिक जीवनमा स्पष्ट रूपले पर्नेछ।
तुला राशि

यस राशिको लागि प्रेम मामिलाको लागि अगस्ट महिना शुभ रहनेछ। किनभने यस समयमा, प्रेमी बीचको सबै तनाव अन्त्य हुनेछ, जसले जीवनमा प्रेमको गतिलाई बढाउनेछ। प्रेमीसँग टाढाको यात्रामा जाने योजना पनि बनाउन सकिन्छ। त्यस्तै, वैवाहिक जीवनमा भने थोरै होसियार रहन जरूरी देखिन्छ। किनभने तपाईको सातौं भावका स्वामी, मंगलको प्रभाव छैठौं भावमा हुनेछ, जसको कारण जीवनसाथीसँग झै-झगडा हुनसक्छ।
वृश्चिक राशि

प्रेममा परेका व्यक्तिको जीवनमा, यस महिना मंगल पाँचौं घरमा हुनेछ। जसले गर्दा महिनाको सुरूमा आफ्नो प्रेमी प्रति धेरै जिम्मेवारी देखाउँनुहुनेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ। यद्यपि यस समयमा आफ्नो प्रेमीसँग अनावश्यक कुरामा बहस नगर्न सल्लाह दिइन्छ। वैवाहिक जीवनमा भने बढि सतर्क हुनु आवश्यक देखिन्छ। कुनै प्रकारको भ्रमको कारण सासु-ससुरासँग विवाद हुन सक्छ।
धनु राशि

यो महिना प्रेम जीवनको लागि सामान्य रहनेछ। कार्य व्यस्तताको कारण प्रेमीलाई पर्याप्त समय दिन असफल हुनुहुनेछ। जसको कारणले प्रेम सम्बन्धमा दूरी आउने सम्भावना रहेको छ । यस्तो अवस्थामा, आफ्नो प्रेमी प्रति संयम र धैर्य राख्न जरूरी हुन्छ| विवाहितको लागि भने यो महिना राम्रो रहनेछ। वैवाहिक जीवनमा प्रेम र रोमान्समा वृद्धि हुनेछ, जसले तपाईंको वैवाहिक जीवन अझ सुखमय बनाउनेछ।
मकर राशि
![]()
यो महिना प्रेम जीवनमा आफ्नो प्रेम भावना व्यक्त गर्नमा सफलता प्राप्त गर्नु हुनेछ। राहु शुक्रको साथ हुनेछ र बुधले शक्ति प्रदान गर्नेछ, जसले जीवनमा रोमान्सको महशुस गराउँछ।यस्तोमा प्रेम सम्बन्धमा सुधार आउनेछ। सूर्य भगवान सातौं घरमा बसिरहेको र यसमा शनिदेवको प्रभाव हुने कारणले वैवाहिक जीवन प्रतिकूल रहनेछ। यस्तो अवस्थामा महिनाको उत्तरार्धमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।
कुम्भ राशि

यस महिना प्रेम जीवनमा धेरै परिवर्तनहरू आउने देखिन्छ। एक अर्काप्रतिको व्यवहार र प्रकृति बदलिनेछ। यद्यपि यो परिवर्तनले प्रेम जीवनमा खुशी ल्याउनेछ र दुबैमा एक अर्काप्रति प्रेम भावना बढ्नेछ। यसले प्रेम सम्बन्धलाई अझ बलियो बनाउनेछ। वैवाहिक जीवनमा भने महिनाको पहिलो १५ दिन थोरै कमजोर रहनेछ भने अन्त्यको १५ दिन निकै राम्रो रहनेछ।
मीन राशि

पाँचौं घरमा सूर्य र शनिको प्रभावले प्रेम मामिलाहरूको लागि अलि प्रतिकूल समय छ। दुबैमा क्रोधको भावना बढ्नेछ, जसको कारण प्रेम सम्बन्धमा दूरी आउने देखिन्छ। यस्तो अवस्थामा आफ्नो वाणी र क्रोधमा संयम राख्न जरूरी हुन्छ। वैवाहिक जीवनमा पनि महिना सावधान हुन आवश्यक देखिन्छ। महिनाको पहिलो आधामा प्रतिकूल परिणामहरू मिल्नेछ। तर महिनाको दोस्रो भाग भने निकै शुभ राम्रो हुने देखिन्छ।

