यस्ता १० गल्तीका कारण कोरोना संक्रमणको उच्च जोखिमतर्फ अगाडी बढ्यो काठमाडौं !

काठमाडौं : मान्नुस्/नमान्नुस्– लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

गल्ती १ : नाका बन्द गर्न ढिलाइ

सीमापारि देखिएको कोरोना नेपालमा भित्रिने जोखिम भए पनि तत्काल सीमा नाका बन्द नगर्नु सरकारको पहिलो गल्ती थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘चीनपछि नेपाल दोस्रो संक्रमित मुलुक होइन। भारतमा महामारी फैलन सुरु हुनेबित्तिकै नेपालीहरू स्वदेश फर्कन्छन् भनेर सचेत नहुनु, नाका अव्यवस्थित हुनु पहिलो कमजारी हो।’ तिनै नाका हुँदै भित्रिने संक्रमितको संख्या बढ्दै जाँदा राजधानी जोखिममा परेको हो।

गल्ती २ : अनुशासनहीन नागरिक

कोरोना संक्रमणलाई लिएर हामी सरकारप्रति मात्रै खनिन्छौं तर आफ्नो लापरवाही देख्दैनौं। लकडाउन अवज्ञा गर्ने, मास्क नलगाई हिँड्ने र स्यानिटाइजर प्रयोग नगर्ने, क्वारेन्टाइनबाट भाग्ने, दूरी कायम नगर्ने, हुलहुज्जत गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलगायत गतिविधि उत्तिकै कारक छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाउन भनिरहेका छौं। हेलचेक्र्याइँ गर्दा कोभिड–१९ का बिरामी बढेर अस्पतालमा बेड नपाउने सम्भावना हुन्छ। आईसीयू नपाउन सक्छ।’

उनका अनुसार मास्क प्रयोग नगर्ने दुई लाख जनालाई कारबाही गरिएको छ। १६ हजार मास्क बाटोमा बाँडिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे पीसीआर परीक्षणमा ठेगाना गलत लेख्ने, मोबाइल स्विच अफ गर्ने प्रवृत्तिले कन्ट्याक्ट ट्रसिङमा समस्या परिरहेको बताउँछन्।

गल्ती ३ : अपुरो परीक्षण

आरडीटीलाई डायग्नोस्टिक टेस्टका रूपमा लिएर सुरुमै परीक्षण गराउनु अर्को गल्ती थियो। आरडीटी र पीसीआर परीक्षण गर्ने सवालमा सरकार अलमलमा रह्यो। अमेरिकाको टेक्सासस्थित सोनिक रेफरेन्स ल्याबको क्लिनिकल मोलिकुलर बायोलोजी विभागका निर्देशक डा. विजय ढकाल सुरुमै आरडीटी गर्नु त्रुटि भएको बताउँछन्। भन्छन्, ‘त्यसले खर्च मात्र बढायो। नाकाबाट आएका नेपालीलाई सिधै पीसीआर परीक्षण गरिनुपथ्र्यो।’

टेक्सासकै सोनिक हेल्थ केयर क्लिनिकल प्याथोलोजी ल्याबोरेटरिज प्रयोगशालाका सुपरभाइजर डा. द्रोण पाण्डेयका अनुसार आरडीटी भनेको र्यापिड एन्टिबडी टेस्ट हो। ‘त्यो आरटी हो। आरडीटी भनियो। समुदायमा फैलिसकेको अवस्थामा परीक्षण गर्ने हो। तर, सुरुमै परीक्षण गरियो’, उनी भन्छन्।

अन्य गल्ती निम्न छन्-

४. खचाखच क्वारेन्टाइन
५. विपद्मा धन्दा
६. नाकामा खोइ होल्डिङ सेन्टर ?
७. पासको दुरुपयोग
८. अपर्याप्त पूर्वाधार एवं जनशक्ति
९. समन्वय अभाव
१०. सूचनामा पहुँचै पुगेन

प्रकाशित : शनिबार, साउन १७, २०७७०२:०९

नक्कली सुन प्रकरण: थप रहस्य खुल्दै, प्रहरीको भूमिका शंकास्पद !