काठमाडौँ – विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेल कुटिएका छन्। सञ्जेललाई सोही कार्यालयमा काम गर्ने महिला कर्मचारीले कार्यकक्षमै हातपात गरेका हुन्।

![]()
ड्युटि खटाउने विषयमा विवाद हुँदा सोही कार्यालयमा काम गर्ने महिला कर्मचारीले कोठामा चुकुल थुनेर उनीमाथि हातपात गरेको बताइएको छ।महिला कर्मचारीले कोठामा चुकुल थुनेर उनीमाथि हातपात गरेपछि चुकुल खाेलेर भागेका सञ्जेलले प्रहरीलाई खबर गरेका थिए।
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार अहिले हातपात गर्ने कर्मचारी र सञ्जेललाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ भने छलफल भइरहेको छ।
![]()

