सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीको एक भिडियो पछिल्लो समय निकै भाइरल भइरहेको छ। यस भिडियोमा उनी आफ्नो प्रेमीलाई आफ्नो नियन्त्रणमा राख्ने कुरा गरिरहेकी थिइन्। यो भिडियो भाइरल हुने बित्तिकै रिया चक्रवर्तीको जताततै आलोचना भयो। यसमा अब स्वयम रिया चक्रवर्तीको बयान आएको छ।
मिडिया रिपोर्टका अनुसार, रियाको टोलीले यो भाइरल भिडियोमा प्रतिक्रिया व्यक्त गरेको छ र अभिनेत्रीको स्पष्टीकरण पठाएको छ। आफ्नो बचाउमा रिया भन्छिन्,’मलाई कहिलेकाँही कमेडी गर्न मन पर्छ। यो पनि एक भूमिका हो, ताई(आन्टी)को।
यसअघि भाइरल भएको भिडियोमा रिया चक्रवर्तीले आफ्ना साथीहरुसँग भन्छिन् कि उनको प्रेमी आफूलाई गुण्डा सम्झिन्छ तर उनी उसलाई नियन्त्रण गर्न सक्छिन्। रिया चक्रवर्ती मजाकिया अन्दाजमा यो भन्न खोजिरहेकी छिन् कि उनी सुशान्तलाई आफ्नो नियन्त्रणमा राख्छिन्।
यस्तै, सुशान्त सिंह राजपूतका बुबा केके सिंहले आइतबार रिया चक्रवर्ती र उनका परिवार विरुद्ध पटनामा एफआईआर दर्ता गरेका छन्। सुशान्तका बुबा केके सिंहले रिया चक्रवर्तीमाथि धेरै गम्भीर आरोप लगाएका छन्। उनले अभिनेत्रीलाई आरोप लगाए कि रियाले सुशान्तलाई मानसिक रूपले बिरामी पार्ने औषधी दिन्थिन्, जसको कारण सुशान्त प्रायः बिरामी रहन्थे। यसका साथै रिया चक्रवर्ती माथि सुशान्तको पैसा हडप गरेको आरोप पनि छ। एफआईआरमा सुशान्तको खाताबाट गरिएको करिब १५ करोड लेनदेनको उल्लेख छ। यसैबीच, बिहार पुलिसले मुम्बई पुलिससँग अनुसन्धान गरिरहेको छ।