आउने मंगलबार सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष राशि 

यस राशिको लागि यो हप्ता शुभ रहनेछ। हप्ताको सुरुवातमा विशेष सफलता प्राप्त हुने देखिन्छ। कार्यक्षेत्रमा पदोन्नतिको योग रहेको छ।  नयाँ कार्य सुरु गर्नको लागि समय निकै उत्तम रेहेको छ।  परिवारका सदस्यसँग मतभेद हुनसक्छ।  हप्ताको अन्तमा भने आफन्तजन तथा मित्रगणबाट अशुभ समाचार मिल्नसक्छ।

वृष राशि 

यस राशिको लागि यो हप्ता निकै शुभ रहनेछ। सरकारी क्षेत्रबाट विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ। नयाँ कार्य पनि यो हप्ता सुरु गर्न सक्नुहुनेछ। विद्यार्थी वर्गको लागि पनि समय अत्यन्त शुभ रहेको छ।  कुनै पनि प्रकारको प्रतिस्पर्धामा  सफलताको सम्भावना बढी रहनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।

मिथुन राशि 

हप्ताको सुरुमा मानसिक तनाब बढ्न सक्छ। स्वास्थ्यमा पनि समस्या देखा पर्न सक्छ। कार्यक्षेत्रमा वाद-विवाद बढ्न  सक्छ, सावधान रहनुहोला। हप्ताको मध्य देखि भने समय निकै उत्तम रहनेछ।  उच्च पदाधिकारीसँगको सम्बन्धमा सुधार आउनेछ।  सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ। धार्मिक तथा मांगलिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा पनि समय अनुकूल रहेछ।

कर्कट राशि 

हप्ताको सुरुवात दैनिक व्यापारिकहरूको लागि राम्रो साबित हुनेछ। आयमा वृद्धि हुनेछ। विवाह सम्बन्धि कुराकानी सफल हुने देखिन्छ। ससुराली पक्षसँगको सम्बन्ध बिग्रन सक्छ। सरकारी क्षेत्रबाट विशेष लाभ प्राप्त हुने योग रहेको छ। शत्रु तथा प्रतिस्पर्धी देखि सावधान रहनुहोला। सप्ताहन्तमा ग्रहको गोचर परिवर्तनले तपाईंलाई सबै पक्षबाट सफलता दिनेछ।

सिंह राशि 

यस राशिको लागि यो हप्ता मिश्रित रहनेछ। स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। आफ्नो रणनीतिहरू गोप्य राखेरै काम गर्दा सफलता मिल्ने देखिन्छ। हप्ताको मध्यमा विवाह सम्बन्धि वार्ता सफल हुने देखिन्छ। व्यापारीहरुको लागि पनि समय अनुकूल रहनेछ। हप्ताको अन्तमा भने कुनै प्रकारको अशुभ समाचार प्राप्त हन सक्ने हुँदा मन चिन्तित रहला।

कन्या राशि 

हप्ताको सुरुवातमा ग्रहको गोचर परिवर्तनले शिक्षा क्षेत्रमा विशेष सफलता मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ।  सन्तान सम्बन्धि चिन्ताबाट राहत मिल्ने देखिन्छ। अधुरा रहेका कार्यहरु सफलतापूर्वक पूर्ण हुनेछ।  शत्रु शक्तिशाली हुने हुँदा सावधान रहन जरूरी छ। आर्थिक लेन-देनको लागि समय उत्तम रहेको छैन। हप्ताको अन्तमा घरमा मांगलिक कार्यको आयोजना हुने सम्भावना रहेको छ।

तुला राशि 

हप्ताको सुरुवातमा केहि पारिवारिक विवादले मानसिक तनाब  बढ्न सक्छ। कार्यक्षेत्रमा विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ।  यात्रा गर्दा विशेष सावधानी अपनाउन जरूरी देखिन्छ। हप्ताको मध्यमा सरकारी क्षेत्रबाट लाभ प्राप्त हुने योग रहेको छ।  विदेश यात्राको लागि आवेदन गर्नको लागि समय अत्यन्त शुभ रहेको छ।

वृश्चिक राशि 

यस राशिको लागि यो हप्ता शुभ रहनेछ। विवाह सम्बन्धि कुराकानी सफल हुने देखिन्छ। वाहन सुख प्राप्त हुने योग रहेको छ। विदेश यात्राको योजना बनाइरहेकाको लागि पनि समय अनुकूल रहेको छ। नयाँ कार्य सुरु गर्नको लागि पनि समय शुभ रहेको छ। हप्ताको अन्त्यमा सामाजिक  मान-प्रतिष्ठामा वृद्धि हुनेछ साथै तपाईंले लिएका निर्णय सफल हुनेछन्।

धनु राशि 

हप्ताको सुरुवातमा खर्च बढ्नेछ। पारिवारिक कलह तथा मतभेदको अवस्था सिर्जना हुनसक्छ। घर-जग्गा तथा वाहन खरीद-बिक्रिको लागि समय उतम रहेको छ। तपाईं कोमल स्वभावका कारण मानिसहरु प्रभावित हुनेछन्। यात्राको बन्नेछ, जसबाट लाभ प्राप्त हुने देखिन्छ। वैदेशिक कामको लागि आवेदन गर्नको लागि समय अनुकूल रहेको छ। हप्तान्तमा ग्रहको गोचर परिवर्तन तपाईंको लागि शुभ रहेने देखिन्छ।

मकर राशि 

हप्ताको सुरुवातमा ग्रहको गोचर परिवर्तनको शुभ फल स्वरुप सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। सरकारी क्षेत्रबाट विशेष लाभ प्राप्त हुने देखिन्छ। अधुरा रहेको कार्यहरु पनि सफलतापूर्वक पूरा हुनेछ। हप्ताको माध्यमा भने पारिवारिक कलहको स्थिति सिर्जना हुनसक्छ। आकस्मिक धन लाभ हुने योग रहेको छ। व्यापार व्यावसायमा पनि समय अनुकूल रहनेछ।

कुम्भ राशि 

हप्ताको सुरवातमा मानसिक तथा शारीरिक तनाब बढ्नेछ। यात्राको योग रहेको छ। आर्थिक पक्ष कमजोर रहनाले पैसा सम्बन्धि समस्याले सताउन सक्छ। हप्ताको मध्यमा भने शुभ समाचार प्राप्त हुनेछ। प्राप्ति र विकासको योग छ। सन्तान सम्बन्धि चिन्ताबाट राहत मिल्नेछ। तपाईं यस हप्ता नयाँ कार्य सुरु गर्न सक्नुहुनेछ।

मीन राशि 

आयका स्रोत बढ्नेछन्। धन प्राप्तिको योग रहेको छ। परिवारका सदस्यको भरपूर सहयोग मिल्नेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहेको छ। यात्राको योग बन्नेछ जसको भरपूर लाभ प्राप्त हुने सम्भावना रहेको छ। वाहन सवारी गर्दा विशेष ध्यान दिन जरूरी छ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। वैदेशिक रोजगारीका लागि आवेदन गर्नको लागि समय अत्यन्त शुभ रहेको छ।

प्रकाशित : मङ्गलबार, साउन २०, २०७७१८:०८

भोलि साउन २४ गते कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !