काठमाडौँ – मंगलबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ। सोमबारको तुलनामा प्रतितोला २ सय रुपैंयाले बढेसँगै सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएको हो।

मंगलबार सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ८ सय रुपैंया भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार तेजाबी सुनको मूल्य पनि बढेको छ। मंगलबार तेजाबी सुनको मूल्य ९९ हजार ३ सय ६५ पुगेको छ। मंगलबार चाँदीको मूल्यमा पनि घटबढ भएको छैन । चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँमा स्थिर छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् । सुन प्रतितोला झण्डै रु एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनको भनाइ छ ।
![]()

