अमेरिकाका धेरै राज्यहरूमा ४०० भन्दा बढी मानिसहरू साल्मोनेला ब्याक्टेरिया संक्रमित भएका छन्। साथै क्यानडामा पनि त्यस्तै केहि घटनाहरू रिपोर्ट गरिएको छ। सीएनएनको एक रिपोर्ट अनुसार ६० जना व्यक्ति यस ब्याक्टेरियाबाट संक्रमित भएको कारण अस्पतालमा भर्ना भएका छन्। यी व्यक्तिहरू एक कम्पनीले आपूर्ति गरेको प्याज खाएर बिरामी परेका भन्ने विश्वास छ।
रिपोर्टका अनुसार अमेरिकाका ३१ राज्यका मानिसहरु यस विषाक्तताको शिकार भएका छन्। यो थोमसन इन्टरनेसनल नाम गरेको कम्पनी द्वारा आपूर्ति गरिएको प्याजको कारण भएको भनिएको छ। थोमसन इन्टरनेसनलले पनि स्वीकार गरेको छ कि अनुसन्धानले पत्ता लगाएको छ कि रातो प्याज खाएको कारण मानिसहरू संक्रमित भएका हुन्। अहिले कम्पनीले बजारबाट सबै प्रकारका प्याज फिर्ता लिइरहेको छ।
साल्मोनेलाबाट संक्रमित व्यक्तिहरूमा पखाला, ज्वरो र पेट दुख्ने जस्ता लक्षणहरू देखा पर्छन्। यदि कोहि व्यक्ति यस ब्याक्टेरियाबाट संक्रमित हुन्छ भने, यी लक्षणहरू ६ घण्टा देखि ६ दिन भित्र देखा पर्न सक्छ। यस्तै यस ब्याक्टेरियाबाट मानिस ४ देखि ६ दिनसम्म बिरामी हुन्छन्। साल्मोनेलाको असर ५ बर्ष भन्दा मुनिका बच्चाहरू र ६५ बर्ष भन्दा माथिका बच्चाहरूलाई सबैभन्दा बढी हुन्छ। यसले खासगरी हाम्रो आन्द्रामा असर गर्छ।
अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले साल्मोनेला संक्रमण प्याज बाहेक अरू कुनै उत्पादनहरूले पनि फैलिन्छ कि भनेर पत्ता लगाउन कोशिस गरिरहेको छ ।