कश्मीर समेटेर पाकिस्तानले पनि जारी गर्‍याे नयाँ नक्सा, भारतमा खैलाबैला !

काठमाडौँ – भारतसँग विवाद रहेका विभिन्न क्षेत्र समावेश गरेर पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको छ। मंगलबार पाकिस्तानले भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो।

पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानी सञ्चार माध्यम डनले पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको समाचार सम्प्रेषण गरेको छ।

पाकिस्तानले नयाँ नक्सामा लद्दाख, सियाचिनसमेत गरी गुजरातको जुनागढ आफ्नो भूमि रहेको दावी गरेसंग भारत-पाकिस्तान बीच थप विवाद बढ्ने स्पष्ट संकेत देखिएको छ।

पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय संचार माध्यमहरुमा खैलाबैला मच्चिएको छ। भारतीय मिडियाहरु पाकिस्तानले निहु खोजेको भन्दै टिप्पणीमा उत्रिएका छन्।

यस विषयले सामाजिक संजालमा पनि चर्चा पाएको छ। ट्वीटरमा यति बेला यहि विषय ट्रेन्ड गरिरहेको छ।

प्रकाशित : मङ्गलबार, साउन २०, २०७७१५:१४

काठमाडौँ उपत्यकामा ८० जनामा कोरोनाको पुष्टि, धेरै जस्तो भारत र प्रदेश २ बाट आएका !