काठमाडौँ – सुनको मूल्य नयाँ इतिहाँस बनाएको छ। मंगलबारको तुलनामा बुधबार एकै दिन १ हजार भन्दा बढीले मूल्य वृद्धि भएसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। मंगलबारको तुलनामा १ हजार ६ सय रुपैंयाले बढेसँगै बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुगेको छ।
बुधबार तेजाबी सुनको मूल्य पनि एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य एक लाख ९०० रूपैयाँ कायम भएको छ।
यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् । सुन प्रतितोला झण्डै रु एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनको भनाइ छ ।